‘डिजाइन काठमाडौं कन्टेस्ट’ हुने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।

नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने वौद्धिक क्षमता प्रतिस्पर्धामा २०७८ वैशाख २० गतेसम्म सहभागीले निशुल्क रुपमा आवदेन दिन सक्नेछन् । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशनको रुपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डंगोलले बताए ।

डंगोलका अनुसार काल्पनिकरुपमा विद्यार्थीहरुले कम्तीमा बीस पन्ना शहरको परिकल्पाना बनाउन सक्नेछन् । प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाण्डौ उपत्यकाको डिजाइन, भूगोल,  बास्तुकला,  समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु,  नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन,  धर्म र शिक्षा प्रणाली,  सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबडहल, व्यवसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नु पर्ने हुन्छ।

‘कल्पना गरौं, तपाईंले सोचेको काठमाडौं कस्तो हुनुपर्दछ । के तपाईले काठमाडौं उपत्यका विकासका लागि आफ्नै परिकल्पना बनाउन चाहनुहुन्छ, त्यसका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’मा सहभागी हुन सक्नुहुनेछ जस्ता कुरा उल्लेख गरेका छन् ।

विद्यार्थीले आवेदन दिने प्रक्रिया पनि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ को वेबसाइटमा समावेश गरिएको छ । सहभागीले सोध्न सक्ने सम्भावित प्रश्नहरु, डिजाइन तयार पार्न पूर्व चाहिने आवश्यक खुराकहरु वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ ।

आयोजकका अनुसार विद्यार्थीहरुको सृजना प्रस्फुटन तथा शहर विकासका लागि चाहिने आवश्यक विषयबस्तुमा उनीहरुको बुझाइलाई थप मजवुद हुनेछ । यसरी परिकल्पना गर्दा उनीहरुको बौद्धिक विकास तथा विद्यार्थीहरुमा विविध स्रोधसामग्री अध्ययन तथा सोध गर्ने क्षमता अभिवृद्धि हुने उल्लेख छ ।

बौद्धिक प्रतिस्पर्धीमा विजयीले दशहजार, पाँचहजार र दुई हजार नगद पुरस्कार पाउनेछन् ।

लिंकः Homepage, Process, Download, Apply, FAQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×