2025-10-19

विद्यार्थीले मनाए ओलम्पिक दिवस

काठमाडौं । विद्यार्थीहरुले भर्चुअलरुपमा विश्व ओलम्पिक दिवस मनाएका छन् । बालबालिकालाई ओलम्पिकमा हुने गतिविधिको जानकारी दिने उद्देश्यले नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्टस् एण्ड इन्भायोमेन्ट कमिसनसँगको सहकार्यमा वृहस्पति विद्यासदन इसिए टिमले भर्चुअल कार्यक्रम आयोजना गरेको छ ।

ओलम्पिक के हो ?  यसको आयोजना किन गरिन्छ र ओलम्पिकमा प्रयोग गरिएका लोगोका विषयमा विद्यार्थीहरुले चर्चा गरेका थिए । विद्यार्थीहरुले बनाएका ओलम्पिक सम्वन्धी लोगो तथा खेलकुद गतिविधि भर्चुअल रुपमा देखाइएको थियो ।

कार्यक्रममा कक्षा ४ मा अध्ययनरत विद्यार्थी ओजस श्रेष्ठले बनाएका चित्र देखाउँदै ओलम्पिक खेल  र  स्वास्थ्य तथा वातावरणको विषयमा चर्चा गरें । कक्षा ४मा अध्ययनरत अन्य विद्यर्थीहरु सुवोध सापकोटा,  स्वइच्छा आचार्य र सुप्रिम अधिकारीले रचनात्मक क्रियाकलाप देखाएका थिए ।

त्यस्तै कक्षा ५ मा अध्ययनरत विद्यर्थीहरु खुशी कर्ण, इमानियुल पुरकुटी,  उर्जा भट्ट र ऋद्धिमा गौतमले ओलम्पिककै सेरोफेरोमा मौखिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राज वैद्यले विश्व परिवेशमा ओलम्पिकको महत्वका वारेमा प्रकाश पारेका थिए । उनले विद्यार्थीहरुलाई ओलम्पिकको वारेमा जानकारी दिदा उनीहरुमा खेलप्रति रुची बढ्ने बताए ।

खेलकुद र वातावरण आयोगका अध्यक्ष गोवर्धन श्रेष्ठ,  नेपालको पहिलो महिला रेफ्री विमला संग्रौला र साफ स्वर्णपदक विजेता गीता साहले मन्तव्य राखेका थिए ।

अधिकांश वक्ताहरुले टोक्यो ओलम्पिक र स्वाथ्य वातावरणवीच सम्वन्ध चर्चा गरेका थिए ।

विज्ञहरुले भर्चुअलरुपमा ओलम्पिकको चर्चा गर्दा विद्यर्थीहरुलाई थप सिक्ने अवसर मिलेको सदनका प्रिन्सिपल कुमार थापाले बताए ।

नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्टस् एण्ड इन्भायिरमेन् कमिसनका महासचिव तथा सदनका शिक्षिका डोल्मा लामा शाहले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिइन्।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×