विज्ञान, नवप्रवर्तन र उद्यमशीलता सम्मेलन आजदेखि सुरु

लक्ष्मण डंगोल

काठमाडौं। विज्ञान-प्रविधि, नवप्रवर्तन र उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन आजदेखि सुरु भएको छ । युवालाई नवप्रवर्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले यस सम्मेलनले विज्ञान-प्रविधि क्षेत्रका युवा उद्यमशीलता थप उजागर हुने बताए । ‘सम्मेलनबाट प्राप्त सुझाव विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुग्नेछ,’ उपाध्यक्ष ढुंगेलले भने, ‘युवा प्रतिभा प्रस्फुटन सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिनेछ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान-प्रविधिको क्षेत्रमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । थप आकर्षण गर्न कार्यक्रमहरुका तयारी गरिरहेको सचिव थपलियाले उल्लेख गरें ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा बजेट कम भएको बताए । सरकारले प्रयाप्त लगानी गरे यस क्षेत्रमा युवालाई स्वरोजगार बनाउन सकिनेछ, उनले भने ।

नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठान, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विज्ञान-प्रविधिले दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्ने हुँदा वैज्ञानिक समुदायले त्यसतर्फ आफ्ना अनुसन्धानलाई केन्द्रित गर्न पर्ने सुझाए । ‘नाष्टले पछिल्लो समय नवप्रवर्तनलाई पहिलो प्राथमिकतामा राखेको छ,’ उपकुलपति श्रेष्ठले भने, ‘मुलुकमा दिगो समृद्धि हासिल गर्न युवा जनशक्तिलाई नवाप्रवर्तनसँग जोड्न पर्दछ ।’

काठमाडौँ विश्वविद्यालय(केयु)का उपकुलपति डा. भोला थापाले विज्ञान र उद्यमशीलतासँगै लैजानु पर्ने बताए । केयुले वनेपामा अवस्थित आइटी पार्क र युवा इनोभेसन आइडियामा काम गरिरहेको उनले जानकारी दिए ।  

सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विषयमा अनुसन्धानकर्ताले मौखिक कार्यपत्र प्रस्तुत गरेका छन् ।  पहिलो दिनको शत्रमा  शिक्षा, अनुसन्धान र नवप्रवर्तन र विज्ञानमा अवसर जस्ता विषयमा छलफल चलाएका थिए ।

त्यस्तै, सम्मेलन अन्तिमदिन राष्ट्रिय विज्ञान-प्रविधि नीति कार्‍यान्वयन र विज्ञान-प्रविधि, नवप्रवर्तन र उद्यमशीलताका विषयमा छलफल गरिने सम्मेलन आयोजकका सदस्य खिम पन्थीले बताए ।

परिषद्ले प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन-२०७५ आयोजना गरेसँगै विज्ञानको क्षेत्रमा विभिन्न युवा लक्षित सम्मेलनलाई निरन्तरता दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×