2025-10-03

वृहस्पतिमा ‘कल्पन उत्सव’

काठमाडौं । वृहस्पति विद्यासदनका विद्यार्थीहरुले कल्पन उत्सव मनाएका छन् । कल्पन उत्सवमा विद्यार्थीहरुले कल्पना गरेका नमूना इलेक्ट्रोनिक सामग्री प्रर्दशनी गरिन्छ ।

उत्सवमा कक्षा ६ देखि ९ कक्षाका विद्यार्थीहरुले बनाएका रोवट,  झिलिमिली वत्ती,  स्वचालित हातधुने मसिन,  माकुरो जस्तै रोवट र इलेक्ट्रोनिक पियानोजस्ता नमूनाहरु मुख्य आर्कषण थिए । त्यस्ता सामग्रीहरुलाई अभिभावक तथा अन्य विद्यार्थीहरुले रुचीका साथ अवलोकन गरेका थिए ।

कक्षा ६ मा अध्ययनरत शिवम् प्रतीक गिरी,  उनको समूहले बनाएको ‘रोवट आम’ प्रर्दशनी गर्दै थिए । उनले शिक्षकको साहायताले आफ्नो समूहले ‘रोवट आर्म’ बनाएको बताए । यसरी अतिरिक्त समयमा विद्यालयमा रोवट बनाउँदा इलोक्ट्रोनिक्ससम्वन्धी ज्ञान हासिल भएको उनको कथन थियो ।

कक्षा ९ मा अध्ययरत विधिता कार्कीले उनको समूहले बनाएको स्वचालित हातधुने नमूना प्रर्दशन गरेको बताइन् । उनी भन्छिन,  ‘यसरी इलेक्ट्रोनिक प्रणालीमा आधारित स्वचालित हातधुने नमूना सामग्री बनाउँदा थप ज्ञान हासिल हुन्छ ।’  त्यस्तै,  कक्षा ९का छात्र प्रनोव पारिकको समूहले भने माकुरा जस्तै हिड्ने ‘स्पाइडर रोवट’ प्रर्दशनी गरेका  थिए ।

प्रर्दशनीमा अर्को आर्कषण मानिसको शरीरको सहायतामार्फत् विद्युत प्रवाह भई बज्ने ‘मिक्की मिक्की इलेक्ट्रोनिक पियानो’ रहेको थियो । आफूहरुले अधिक मिहिनेत गरेर पियानो बनाएको कक्षा ६ मा अध्ययनरत एन्जिला महर्जनले बताइन् । कक्षा ६ का अर्का छात्र वैदिकबहादुर शाहको समूहले भने तालीबजाउँदा बल्ने रंगीचड्गी वत्ती प्रदशनी गरेका थिए ।

कल्पन उत्सवका लागि मात्रै एक सय जना विद्यार्थीहरु संम्लग्न भएको विद्यालयका इन्जिनियर राजेश श्रेष्ठले बताए । ‘विद्यालयतहमा यसरी इलेक्ट्रोनिक सामग्री बनाउँदा भविष्यमा विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज हुनेछ, ’ श्रेष्ठले भने ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न हरेक वर्ष वृहस्पति विद्यासदनले आफ्ना विद्यार्थीलाई रचनात्मक प्रर्दशनीमा सहभागी गराउँदै आएको प्रिन्सिपल कुमार थापाले रिभोसाइन्सलाई बताए ।

कल्पन उत्सवमा विद्यार्थीले विज्ञान,  प्रविधि,  इन्जिनियरिङ,  कला र गणितलाई विशेष जोड दिइएको छ ।

कल्पन उत्सवसँगै विद्यार्थीलाई मनलागेको कला देखाउन सकिने मेराकी पनि आयोजना गरेका थियो । जसमा कक्षा ११ र १२ का विद्यार्थीहरुले नृत्य,  संगित र प्रहशन गरेका थिए ।

उत्सवमा विद्यार्थी स्वयंमले मम, आइसक्रिम र पानीपुरीजस्ता खानेकुराको व्यापार गरेका छन् । उत्सवमा माटाका भाडाकुडा बनाउनेदेखि पर्वतारोहणसम्वन्धी ‘रक क्लाइमविङ्’समेत प्रर्दशनी भएको थियो ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×