2025-10-18

उत्कृष्ट विज्ञान शिक्षकलाई सम्मान गरिने

काठमाडौं । दशौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा नेपाल विज्ञान शिक्षक समाज(स्टान) ले उत्कृष्ट विज्ञान शिक्षकलाई सम्मान गर्ने भएको छ ।

स्टानका अनुसार प्रत्येक प्रदेशबाट एक जना विज्ञान शिक्षकलाई ‘वर्षको विज्ञान शिक्षक’ बाट सम्मान तथा नगद पच्चिस हजार प्रदान गर्नेछ ।

सो पुरस्कारका लागि संस्थागत तथा सामुदायिक विद्यालयको माध्यामिक तहमा कम्तिमा एक दशक अध्यापन गराइरहेको हुनुपर्नेछ । त्यस्तै,  विज्ञान विषयमा स्नात्तक तथा विज्ञान संस्कृति आत्मसात गरेकोलगायत मापदण्ड रहेको स्टानले जनाएको छ ।

सो पुरस्कार प्रदानका लागि विभिन्न तहमा स्टानले समिति निर्माण गरेको छ ।

विज्ञान शिक्षक सम्मान २०७९ मूल आयोजक समितिका संयोजक डा. दिनेशराज भुजुले नेपालमा विज्ञान शिक्षकलाई कदर गर्ने संस्कार विकास गर्न विज्ञान शिक्षकलाई सम्मान गर्न लागिएको बताए ।

‘शिक्षकले अध्यापन गराएका विद्यार्थी डाक्टर, इन्जिनियर तथा विभिन्न पेशामा काम लाग्ने हुन्छन् तर शिक्षा पेशा अंगालेका शिक्षकलाई भने व्यवास्था गरिएको अवस्था छ,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञसमेत रहेका डा. भुजुले भने ।

देशभर करिब ३५ हजार विद्यालयमा अनिवार्य विज्ञान पढाइन्छ । त्यसमध्य ३ हजार ५ सय ९६ माध्यामिक तह पढाईं हुने विद्यालय छन् । ति विद्यालयमा अध्यापन गराइरहेका विज्ञान शिक्षकको प्रोत्साहनमा राज्यले ध्यान नदिइएकोमा संयोजक  डा. भुजुले सरकारसँग गुनासो गरें ।

सन् २०१७ मा प्रकाशित एक अध्ययन ‘नेपालका पुरस्कार (मिश्र २०१७)’का अनुसार नेपालमा ८५८ पुरस्कार सख्या छन् । सबैभन्दा बढी सहित्य तथा कलामा ३७७, शिक्षामा १२२, विज्ञान प्रविधि र नवप्रर्वतनमा ६४ र मानव अधिकारमा ४ जना सबैभन्दा कम संख्यालाई पुरस्कार दिइने उक्त पुस्तकमा उल्लेख भएको संयोजक डा. भुजुले उल्लेख गरेका छन् ।

पुरस्कारका लागि नेपालका वैज्ञानिक समुदायले सहयोग गरेको स्टानले जनाएको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

×