2025-09-07

कात्तिक २४ गते ‘मार्च फर साइन्स’ हुने

काठमाडौं । रिभोसाइन्स मिडियाले विभन्न संस्थाहरुसँग सहकार्य गरेर ‘मार्च फर साइन्स’ आयोजना गर्ने भएको छ । नोभेन्बर १० अर्थात् कात्तिक २४ गते ‘विश्व विज्ञान दिवस’को अवसरमा ‘अवको एजेण्डा विज्ञान संस्कृति र रोजगारी’ मूल नारासहित मार्च गर्नेछ ।

वैज्ञानिक, विद्यार्थी तथा शिक्षकहरू त्रिचन्द्र क्याम्पस घण्टाघरमा विहान सात बजे भेला भएर र्‍याली पुरानो बसपार्क–भद्रकाली–शहिदगेट–महाँकाल–भोटाहिटी–जमल–त्रिचन्द्र र रत्नपार्क पुगेर कोणसभा परिणत हुनेछ ।

मार्चमा वैज्ञानिक संस्थाहरूमा थप रोजगारी, अनुसन्धान तथा विकास, जलवायु परिवर्तनका असर र आधारभूत विज्ञान शिक्षाको एजेण्डा उठान गर्ने ‘मार्च फर साइन्स’का संयोजक लक्ष्मण डंगोलले बताए ।

‘राज्यले आधारभूत विज्ञानलाई वेवास्था गर्दा मुलुक वैज्ञानिक अनुसन्धान तथा विकासमा पछाडि परेको छ,’ रिभोसाइन्सका सम्पादकसमेत रहेका डंगोलले भने, ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तिमा कूल ग्राहस्त उत्पादनको १ प्रतिशत लगानी गर्नु पर्ने देखिन्छ । जुन राज्य गर्न सकेको छैन ।’

सन्दर्भः विश्व विज्ञान दिवस
अंग्रेजी महिनाको नोभेम्वर १० मा विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइने गरिन्छ । सन् २००१ देखि संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन, युनेस्कोले मनाउन थालेदेखि नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व विज्ञान दिवस मनाइन्छ ।

आजको अवस्थामा विज्ञान तथा प्रविधि विकासको आधार तथा मानिसको सारथी बनेको छ । तथापी, अधिक विज्ञानको विकासले राम्रा मात्रै नभई कतिपय समस्याहरु पनि आएका छन् । त्यस्ता समस्याहरुको जनमानसमा लैजान दिवसले भूमिका खेल्नेछ । यस वर्ष ‘दीगो विकासका लागि आधारभूत विज्ञान ’ प्रसङ्गमा विश्व विज्ञान दिवस मनाइरहेका छन् ।

संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन, युनेस्कोका अनुसार नेपालले कूल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशत बजेट अनुसन्धान तथा विकासमा खर्च गरेको उल्लेख छ । तथ्यांकअनुसार दश लाख मानिसमा नगन्य ‘शून्य मानिस’ अनुसन्धानकर्ता छन्, नेपालमा ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान, नास्टले वि.सं ०६६/०६७ मा प्रकाशन गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार नेपालमा ३ सय ३० वटा वैज्ञानिक संस्था छन् । ति संस्थाहरूको स्तरउन्नती तथा विकासका लागि सरकारले प्राथमिकता नदिएको विज्ञहरूले गुनासो गर्छन् ।

तथ्यांकअनुसार अधिकतम रोजगारी २४ हजार ५ सय ८० सरकारी संस्थामा कार्यरत छन् । उच्च शैक्षिक संस्थामा ६ हजार ८ सय ५२ र त्यसलाई पछ्याउँदै नीजि तथा गैरसरकारी संस्था ६ हजार ६ सय ३९ जना छन् । कूल ४१ हजार ९ सय ११ ले रोजगारी पाएको उल्लेख छ ।

शान्तिपूर्ण मार्चका लागि सहआयाेजक फिजिक्स इनिसेटिभ्स् इन नेपाल, वायोटेक्नोलजी सोसाइटी अफ नेपाल, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, साउथ वेस्टन स्टेट कलेज, त्रिचन्द्र बहुमुखी क्याम्पस, बृहस्पति विद्या सदन, रिसोर्सेस हिमालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट), साइन्स टिचर एशोसियसन अफ् नेपाल, जैविकप्रविधि केन्द्रिय विभाग (त्रिवि), नेपाल भौतिक विज्ञान समाज, न्यूज एजेन्सी नेपाल(न्यान), नेपाल गणित समाज, नेपाल भूगर्भ समाज, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, नेपाल पोलिमर इन्स्टिट्यूट, एस्ट्रोनोमर विथवाउट वोडर्स,राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल(एन प्यावसन), जगत सुन्दर वोनेकोटी, गणेश इङ्लिस् मावि, गोदावरी रेसिडेन्टल स्कूल, ग्राण्ट एकेडेमी, भिएस निकेतन, ललितपुर मावि, अरुणी स्कूल, युरेका एकेडेमी, कान्तिपुर भ्याली कलेज, तक्षशिला एकेडेमी, रोबोटिक्स क्लब, रेनबो इन्टरनेशनल बोडिङ् स्कूल, जेभियर्स एकेडेमी, ग्रामिण आर्दश वहुमुखी क्याम्पस, मेगा कलेज, रोबोटिक्स एसोसियसन अफ नेपाल, हिमालय ह्वाइटहाउस इन्टरनेशनल कलेज, सान इन्टिरनेशनल कलेज, वागेश्वरी कलेज, उच्च माध्यामिक विद्यालय संघ नेपाल, हिसान, भौतिकशास्त्र विभाग(केयु), डिएभी कलेज, महेन्द्रभवन स्कूल, एस्ट्रोवोेटेक, इनिसेटिभ्स इन नेपाल फाउण्डेसन र साउथवेस्टनस्कूललगायत करीव चार दर्शन संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

मा अद्यावधिक गरिएको

समाचार

जीवित देवी कुमारी, गणेश र भैरवको रथारोहण

भिक्टोरियामा आयोजित पहिलो इन्द्र जात्रा (फोटो फिचर)

मेलबर्न, भिक्टोरियामा पहिलो पटक आयोजित इन्द्र जात्रा

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

टोकियोमा बढ्दो तापमान: जलवायु परिवर्तनको प्रभाव डेटा समायोजनबाट उजागर

नेपालमा फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

जीवित देवी कुमारी, गणेश र भैरवको रथारोहण

भिक्टोरियामा आयोजित पहिलो इन्द्र जात्रा (फोटो फिचर)

मेलबर्न, भिक्टोरियामा पहिलो पटक आयोजित इन्द्र जात्रा

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

टोकियोमा बढ्दो तापमान: जलवायु परिवर्तनको प्रभाव डेटा समायोजनबाट उजागर

नेपालमा फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी

×