February 10, 2025

‘द मल्टिमेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ संगोष्ठी सम्पन्न


‘द मल्टिमेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ संगोष्ठीमा सम्पूर्ण सहभागीहरु । तस्बिर: नासो

काठमाडौं । आइएयू सिम्पोजियम ३७५, “द मल्टिमेसेन्जर चक्र अफ् ब्लाजार जेट्स” संगोष्ठी सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल यूनियन (आइएयू)ले पहिलो पटक नेपालमा आयोजना गरेको अन्तर्राष्ट्रिय संगोष्ठी ‘आइएयू सिम्पोजियम ३७५’ मंसीर १९ देखि २३ सम्म चलेको थियो ।

‘आइएयूएस ३७५’ संगोष्ठीमा भारत, चीन, अमेरिका, रुस, जर्मनी, फ्रान्स र बेलायतलगायत विभिन्न १ सय भन्दा बढी सहभागी थिए । यस गोष्ठीमा ‘ब्लाजार जेट’सम्बन्धी ८० भन्दा बढी पछिल्ला अनुसन्धानसम्वन्धी कार्यपत्र प्रस्तुत भएको आयोजकले जनाएको छ ।

यस संगोष्ठी विशेष गरेर ब्रह्माण्डमा भएको चाखलाग्दो उज्यालो बस्तु ‘ब्लाजार जेट’ मा केन्द्रित भए । अनुसन्धानकर्ताहरुका अनुसार तिनीहरू सबैभन्दा उच्च सक्रिय ‘ग्यालेक्टिक न्यूक्ली’ हुन् । ती शक्तिशाली सापेक्षिक जेटको प्रकाश त्यसको केन्द्रीय इन्जिनबाट हामीतिर फैलिएका हुन्छन् ।

‘आइएयूएस ३७५’ का संयोजक यानिस लियोडाकिसले भने, ‘संगोष्ठीको लक्ष्यअनुसार सहभागीहरूलाई ‘अपडेट’ गराउन सफल भयौं ।’ उनले संगोष्ठीबाट प्राप्त ज्ञानलाई अनुसन्धानकर्मीले वैज्ञानिक यात्रामा लागू गर्ने बताए ।

संयोजक लियोडाकिसअनुसार खगोलीय विज्ञानमा समाधान हुन नसकेका खुला प्रश्नहरू समाधानतर्फ संगोष्ठी केन्द्रीत भएको छ । ‘नेपाली सहभागीहरुले पनि यस संगोष्ठीबाट ब्लाजारको क्षेत्रमा थप अनुसन्धान भविष्य गर्ने विश्वास लिएको,’ संयोजक लियोडाकिसले भने ।

संगोष्ठीमा ‘र्‍याडएडहोम’ को बारेमा छुट्टै कार्यशाला भएको थियो । ‘र्‍याडएडहोम’ छिमेकी देश भारतमा सामुदायिक पहलमा संञ्चालन भैरहेको खगोलीय अनुसन्धानमा आधारित कार्यक्रम हो, ’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोका कार्यक्रम संयोजक मनिषा द्वाले भनिन् ।

त्यस्तै,  सामुदायिक विद्यालयमा अध्ययनरत १२ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले ‘ब्याक होल’ अर्थात् कालो छिद्रका बारेमा प्रश्न राखेका थिए ।

संगोष्ठीको अर्को आकर्षण पक्ष कक्षा कोठामा खगोलीय विज्ञान कसरी अध्यापन गराउने भन्ने कार्यशाला भएको थियो । कार्यशालामा रसियन अनुसन्धानकर्ता युरी केभालेभले कक्षा कोठामा विध्यार्थीलाई विज्ञान वुझाउने सरल उपाय उपस्थित शिक्षकहरुलाई सिकाएका थिए ।

उनले कक्षाकोठामा ‘ब्लाजार’ र ‘ब्ल्याक होल’ का बारेमा सरल रुपमा वुझाउन सिकाए । शिक्षिका मिना महर्जनको प्रश्नको उत्तर दिदै केभालेभले भने, ‘हामीले विद्यार्थीलाई पाठ्यक्रममा उल्लेख भएका विषय भन्दा पनि पृथ्वीको वायूमण्डलबाट रकेट कसरी बाहिर निस्कन्छन्, त्यसको बारेमा सिकाउन पर्दछ।’ ‘त्यसले उनीहरुलाई विज्ञान अभिरुची जाग्नेछ, ’ उनले भने ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोका अध्यक्ष तथा संगोष्ठी स्थानीय आयोजक समितिका सदस्य सुरेश भट्टराईले नेपालमा संगोष्ठी पूर्ण रुपमा सम्पन्न भएको बताए । विभिन्न देशको अनुसन्धानकर्मीहरुको सहभागी भएको संगोष्ठी कार्यक्रम नेपालमा आइएयूले आयोजना गर्दा खगोलीय पर्यटनलाई पनि बढवा दिएको नासोका अध्यक्ष भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

सम्बन्धित सामाग्री

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×