2025-09-05

विराटनगर महानगरपालिकाले खगोलीय तथा अनुसन्धान विकास समिति गठन गर्‍यो

विराटनगर । बिराटनगर महानगरपालिकाले ‘खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समिति’ गठन गरेको छ।

महानगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा अन्तर्गत रहेको उक्त खगोलीय समिति जेठ ८ गते महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसका खगोल शास्त्रका अध्यापक प्रविण कुमार विश्वासको अध्यक्षतामा ११ सदस्य गठन गरिएको हो।

विराटनगर महानगरपलिकाको नगर बालक्लब सञ्जालका पूर्व अध्यक्ष प्रितम शाह तथा सचिवहरू ओशन शर्मा कट्टेल, उदिप पोख्रेल र सुवर्ण प्याकुरेल रहेका छन् । नगर बालक्लब सञ्जालका बहालवाला समितिबाट आदित्य झा, दिक्षा आचार्य र बेदिका घिमिरे रहेका छन् ।

उक्त समितिमा महिला, बालबालिका तथा समाज कल्याण शाखाबाट सदस्य सचिवको रूपमा एक जना प्रतिनिधि रहने व्यवस्था छ । थप सदस्यमा महानगरले खरिद गरेको टेलिस्कोप राखिएको बालमैत्री स्थानिय शासन अध्ययन केन्द्र (पहिलेको बाल उद्यान) मा कार्यरत कर्मचारी सदस्य रहने ब्यवस्था गरेको जनाएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराई र परियोजना संयोजक मनिषा द्वाको उपस्थितिमा उक्त समिति गठन गरिएको सदस्य ओशन कट्टेलले रिभोसाइन्सलाई बताए ।

उनका अनुसार महानगरमा नगर बालक्लब सञ्जालले खगोलीय तथा अन्तरिक्ष विज्ञानमा विशेष भूमिका खेल्दै आएको थियो । फलस्वरुप महानगरसँग हामीले समिति गठनको माग गरेका थियौ, सदस्य कट्टेलले रिभोसाइन्सलाई भने, ‘हाम्रो माग सम्बोधन गर्दै खगोल तथा अन्तरिक्ष विज्ञान विषयको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका निम्ति विराटनगर महानगरपालिकाले कार्यपालिकाको बैठकबाट पारित गरेको हो ।’

मा अद्यावधिक गरिएको

समाचार

नेपालमा फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी

हवाई टिकट खरिदमा ज्योति विकास बैंकको ५ सय क्यास ब्याक अफर

बीमकको लगानी सम्बन्धी निर्देशन-२०८२ जारी

फेशनफेयर अवार्ड्स सम्पन्न, बहुआयामिक योगदानकर्ताहरू सम्मानित

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

×