2025-09-05

रहस्यमय ‘डार्क म्याटर’बाट तारा बनेको अनुमान

खगोल शास्त्रीहरूले यसअघि नदखिएको एउटा रहस्यमय ‘डार्क म्याटर’बाट बनेको तारा हुनसक्ने अनुमान गरेका छन् ।

पछिल्लो एक अनुसन्धानका अनुसार युरोपेली अन्तरिक्ष एजेन्सीको गाया स्याटलाइटले पत्ता लगाएको अनौठो तारा प्रणाली डार्क म्याटरबाट बनेको तारकीय वस्तु हुन सक्ने दाबी गरिएको छ।

अनुसन्धानकर्ताले यस अध्ययनलाई पूर्ण रुपमा समीक्षा गरिएको छैन । तर, यो आरएक्सआईभीमा प्रिप्रिन्टको रूपमा उपलब्ध छ । यसलाई गाया उपग्रहको डेटालाई परीक्षण गरिएको छ । आकारमा सूर्य जस्तो देखिने तारा अर्को एक सूर्यभन्दा ११ गुणा ठूलो पिण्डको वरिपरि घुमिरहेको दावी छ।

लामो समयदेखि खगोलविद्हरूले उक्त अनौठो तारा प्रणाली ब्ल्याक होल अर्थात् कृष्ण विवरको परिक्रमा गर्ने तारा विश्वास गरेका छन् । तथापि, दुई जना खगोल शास्त्रीहरूले अहिले यस दाबीलाई अस्वीकार गरिरहेका छन् ।

किनभने, तथ्यांकले धेरै अपरिचित कुरालाई सङ्केत गर्दछ । सम्भवतः पहिले पत्ता नलागेको तारा डार्क म्याटरबाट बनेका थिए ।

चेक एकेडेमी अफ साइन्सेसका अनुसार यी वस्तुहरूले १.४ खगोलीय एकाइको दूरी वा मंगलग्रहले सूर्यको परिक्रमा गर्ने दूरीको वरिपरि एक अर्काको परिक्रमा गरिरहेका छन्। उक्त अदृश्य पिण्ड कृष्ण विवर हुन सक्ने सम्भावनाको बाबजुद त्यस तारा प्रणालीको केन्द्रमा बोजोनिक वा डार्क म्याटरको कणहरू हुन् सक्ने व्याख्या गरिएको छ । खगोलविद्हरुका अनुसार ब्रह्माण्डमा पाइने अधिकांश अवलोकनयोग्य पदार्थ एक अदृश्य पदार्थ डार्क म्याटरबाट बनेको मानिन्छ।

सूर्यजस्तो देखिने त्यस तारालाई आफ्नो वरपर घुमाउन सक्ने अर्को भीमकाय ताराको आवश्यकता हुन्छ । किनभने, धेरै ठुला ताराहरू मर्दा नै ब्ल्याक होलहरू सिर्जना हुन्छन्।

त्यो परिदृश्य सिर्जना गर्न र लाखौँ वर्षसम्म एक अर्काको वरिपरि कक्षमा राख्नको लागि एक उचित अवस्थाको आवश्यकता जरुरी पर्दछ । जबकि यो तारा प्रणालीमा त्यस्तो परिस्थिति देखिएको छैन।

उक्त तारा प्रणालीको अध्ययन गरिरहेका खगोलविदहरुका अनुसार, गाया उपग्रहबाट प्राप्त अवलोकन डेटाबाट त्यस तारा प्रणालीको केन्द्रमा कृष्ण विवर भन्दा पनि एक अदृश्य पदार्थ सम्भवतः डार्क म्याटरले बनेका पिण्ड हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

किनभने, प्रत्येक आकाशगङ्गाको अधिकांश वजन वा मात्रा डार्क म्याटरजस्ता अदृश्य पदार्थले बनेका हुन्छन् भन्ने मान्यता पाइन्छ।

खगालशास्त्रीहरुले भनेका छन्, ‘अहिले नै यस ताराको पूर्ण पहिचान गर्न हाम्रो ज्ञान अपर्याप्त छैन । यद्यपि, अधिकांश सैद्धान्तिक मोडेलहरूले प्रत्येक आकाशगङ्गामा डार्क म्याटर समान रूपमा छरिएको भन्ने अनुमान गरे गरिएको छ । तर, केही मोडेलहरूले भने डार्क म्याटरहरु एकस्थानमा पिण्ड बनेर थुप्रिन सक्ने देखाएको छ ।

मा अद्यावधिक गरिएको

समाचार

नेपालमा फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी

हवाई टिकट खरिदमा ज्योति विकास बैंकको ५ सय क्यास ब्याक अफर

बीमकको लगानी सम्बन्धी निर्देशन-२०८२ जारी

फेशनफेयर अवार्ड्स सम्पन्न, बहुआयामिक योगदानकर्ताहरू सम्मानित

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपालमा फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी

हवाई टिकट खरिदमा ज्योति विकास बैंकको ५ सय क्यास ब्याक अफर

बीमकको लगानी सम्बन्धी निर्देशन-२०८२ जारी

फेशनफेयर अवार्ड्स सम्पन्न, बहुआयामिक योगदानकर्ताहरू सम्मानित

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

×