निःशुल्क ‘करिअर टक’ आयोजना हुने

काठमाडौं । ‘एसइइ र प्लसटू’ दिएर बसेका विद्यार्यीहरु लक्षित ‘करिअर टक’ कार्यक्रम आयोजना हुने भएको छ ।

तःननि दफा खल, सन स्टार क्लव र द लोकल्स कीर्तिपुरले संयुक्त आयोजना गर्न लागिएको सो कार्यक्रम असार ९ गते शनिवार कीर्तिपुरस्थित कृष्ण क्याटरिङ हलमा हुनेछ ।

‘करिअर टक’मा मुख्य वक्ताको रुपमा अभिनेता मनोज महर्जन, डाक्टर सुम्निमा श्रेष्ठ, पुरातत्तविद् भरत महर्जन, इन्जिनियर रोशन सिंह महर्जन, भरतनाट्यम नृत्यकर्मी स्वजन रघुवंशी तथा समाजका प्रतिष्ठित व्यक्तिलगायतले प्रवचन दिने आयोजक जनाएको छ ।

आयोजकका अनुसार विद्यालय तह अध्ययन पश्चात् आफ्नो रुचिअनुसारको विषय कहाँ र कसरी अध्ययन गर्ने भन्ने सबै विद्यार्थीलाई चासो हुन्छ । त्यस्तो चासो र चिन्ता नहोस् भनेर विज्ञको अनुभव सुन्ने र विद्यार्थीले प्रश्न सोध्न पाउने कार्यक्रम आयोजना गर्न लागिएको, ‘‘तःननि दफा खलका अध्यक्ष दिलीप कुमार महर्जनले रिभोसाइन्सलाई बताए ।

उनका अनुसार सुरुवातीमा गलत विषय छनोटले कालान्तरमा कतिपय विद्यार्थीहरुले विषय परिवर्तन गर्ने गर्दछ । जसले विद्यार्थीको समय र धन गलत ठाउँमा लगानी हुने गर्दछ । ‘विद्यार्थीहरूले त्यस्तो गल्ती नगरोस् भनेर अघिल्ला पुस्ताका अनुभवी व्यक्तिले आफूले भोगेका कुरा पछिल्ला पुस्तालाई सुनाउने र सुझाव दिँदा सही बाटो पहिचान हुनेछ,’ तःननि दफा खलका अध्यक्ष दिलीप कुमार महर्जनले भने ।

‘करिअर टक’ जस्ता कार्यक्रम हिजोआज विश्वका अन्य मुलुकमा बढ्दो छ । तर नेपालमा भने एकादरुपमा हुने गरेको पाइन्छ। यस खाले कार्यक्रम विद्यालय तहमा कमी हुँदा कतिपय विद्यार्थीहरूमा अन्यौलता देखिन्छ, ‘द लोकल्स कीर्तिपुरका अध्यक्ष निर्जला महर्जनले भनिन्, ‘त्यस्तो अन्योल कायम नहोस् भनेर हामीले कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

आयोजकका अनुसार कीर्तिपुर आसपासका करिब एक हजार विध्यार्थीहरु एसइइ दिएर बसेका छन् । यस कार्यक्रमले ती विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने आयोजनले जनाएको छ ।

साथै, उपत्यका विभिन्न कलेजका स्टलहरूसमेत राखिने छ। कार्यक्रमलाई कीर्तिपुर नगरपालिका वडा १० तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने बताइएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि निःशुल्क रजिस्ट्रेसन समेत गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×