2025-09-03

नेपाल भौतिक विज्ञान समाज र आयुप्यापबीच सम्झौतामा हस्ताक्षर

ललितपुर । नेपाल भौतिक विज्ञान समाज (एनपीएस) अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल युनियन अफ प्योर एण्ड एप्लाइड फिजिक्स (आयुप्याप) बीच सम्झौता भएको छ । ललितपुरस्थित होटल हिमालयमा आयोजित ‘इन्टरनेशनल कन्फेरेन्स अन फिजिक्स फर सस्टेनेवल इनर्जी’ सम्मेलनका दौरान दुई पक्ष बीच सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्मलेनका उद्घाटन गर्दे त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसालले भने, ‘एनपिएस र आयुप्यापबीचको सहकार्यले नेपाली वैज्ञानिकहरुले थप अध्ययन तथा अनुसन्धानमा अवसर मिल्नेछ ।’ उनले यस सम्मेलन मार्फत् नेपालका वैज्ञानिकले विदेशी वैज्ञानिकसँग प्रत्यक्ष जोडिने अवसरको सदुपयोग गर्न सुझाए ।

यस सम्झौता पश्चात् एनपीएस आयुप्पापको पहिलो एशोसियट टेरटोरियल मेम्वर बनेको प्रशासकीय तथा आर्थिक महासचिव जेन्स भिगेनले बताए । आयुप्यापमा हालसम्म ६० सदस्य रहेका छन् ।

उनका अनुसार आयुप्पापले भौतिक विज्ञानको विश्वव्यापी विकासमा सहयोग गर्ने, भौतिक विज्ञानमा अन्तर्राष्ट्रिय सहयोग बढाउने, र मानवीय समस्या समाधानका लागि भौतिक विज्ञानको प्रयोगमा मद्दत गर्ने जस्ता मिशनमा काम गर्दै आएको छ ।

कार्यक्रममा भिडियो कन्फेरेन्स मार्फत् जोडिएका आयुप्यापका अध्यक्ष मिसेल स्पाइरोले भने ‘नेपालमा भौतिकशास्त्रको विकासमा साझा लक्ष्य निर्धारण भैसकेको छ, त्यस लक्ष्य निर्धारणका लागि आयुप्याप साथमा हुनेछ ।’ ‘अनुसन्धान तथा सम्मेलनलगायत बौद्धिक क्षेत्रमा सहकार्य हुनेछ,’ उनले भने ।

एनपीएसका अध्यक्ष प्राडा निलम श्रेष्ठ प्रधानले विगतमा विभिन्न चरणमा छलफल तथा साझा कार्यक्रम तय भए पछि आयुप्यापले एशोसियट सदस्य प्रदान गरेको उल्लेख गरिन् ।  ‘सदस्यताका लागि वार्षिक दुई हजार युरो तिर्ने पर्दछ, तर सदस्य शुल्क तिर्न सक्ने अवस्था छैन,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘एक वर्षका लागि सदस्यता शुल्क मिनाह गरिएको छ ।’

त्यस्तै आजदेखि दुई दिनसम्म चल्ने ‘इन्टरनेशनल कन्फेरेन्स अन फिजिक्स फर सस्टेनेवल इनर्जी’ सम्मेलनको आयोजना आयुप्यापसँग सहकार्यमा गरिएको छ । अध्यक्ष श्रेष्ठले भनिन्, ‘नेपालका भौतिकशास्त्रीले ऊर्जा क्षेत्रका समस्यामा कस्ता खाले अनुसन्धान गरेर समाधान गर्ने सकिन्छ भन्नेमा केन्द्रित हुनेछ ।’

उनका अनुसार नेपालमा भौतिक शास्त्र र ऊर्जाको विषयलाई जोडेर हेरेको पाइदैन, त्यसकारण सम्मेलनमा प्रस्तुत भएका विषयले विश्वका अन्य मुलुकमा गरिएका अनुसन्धान तथा विकासक्रमको वैज्ञानिक ढंगबाट बुझ्न सहज हुनेछ । विदेशी विज्ञको अनुभव तथा नेपालमा गर्न सकिने दीगो उर्जाको लक्ष्यमा केन्द्रित अनुसन्धान गर्न पहल गर्ने अध्यक्ष श्रेष्ठले बताइन् ।  

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आइपीसीसी) का उपाध्यक्ष क्यारोलिना भिराले ‘दि फिजिकल साइन्स वेसिस अफ क्लाइमेट चेन्ज’  शिर्षकमा मौखिक प्रस्तुति दिएकी थिइन । उनले भनिन्, ‘मानिसले प्रयोगले गर्ने इन्धन तथा घरेलु उपकरण, र बढ्दो औधोगीकरणलगायतला तापमान बढ्दा वायुमण्डल, महासागर र जमिन तातिदै गएको आइपीसीसीको रिपोर्टले स्पष्ट गरिसकेको छ ।’

वायुमण्डल, महासागर, क्रायोस्फियर र बायोस्फियरमा व्यापक र द्रुत परिवर्तन भएको छ । यस कारण मानवीय गतिविधिको उर्जाले जलवायु परिर्वतनमा खेलेको नकारात्मक परिणामलाई स्वीकार गर्दै आगामी दिनमा प्रयोग हुने विद्युतीय उर्जा, शौर्य उर्जा र फोटोभोल्टिक सेल  लगायतको क्षेत्रमा भौतिक विज्ञानले खेल्न सक्ने भूमिकामा केन्द्रित हुन उनले अनुरोध गरेकी थिइन ।

मा अद्यावधिक गरिएको

समाचार

फेशनफेयर अवार्ड्स सम्पन्न, बहुआयामिक योगदानकर्ताहरू सम्मानित

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता

एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरूले वार्षिक २२ गिगाटन भन्दा बढी बरफ गुमाउँदै: अध्ययन

राष्ट्रपति सी चिनफिङद्वारा एससीओको भूमिकाबारे जोड, क्षेत्रीय शान्ति र विकासमा योगदान बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

फेशनफेयर अवार्ड्स सम्पन्न, बहुआयामिक योगदानकर्ताहरू सम्मानित

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता

एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरूले वार्षिक २२ गिगाटन भन्दा बढी बरफ गुमाउँदै: अध्ययन

राष्ट्रपति सी चिनफिङद्वारा एससीओको भूमिकाबारे जोड, क्षेत्रीय शान्ति र विकासमा योगदान बढ्दै

×