सातौं राष्ट्रिय ‘स्पेस आर्ट’ प्रतिस्पर्धाको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) द्वारा सातौँ राष्ट्रिय ‘स्पेस आर्ट’ प्रतिस्पर्धाको नतिजा सार्वजनिक गरेको छ । सो प्रतियोगितामा प्रथम हुनेलाई एक थान टेलिस्कोप प्रदान गरिने नासोले जनाएको छ ।

विद्यालय स्तरीय ‘स्पेस आर्ट’ प्रतिस्पर्धामा लुम्बिनी वल्ड स्कूल मधवालिया रुपन्देहीका छात्रा प्रियान्सी जोशी प्रथम भएका छिन् । उनले पहिले, अहिले र भविष्यमा अन्तरिक्ष अन्वेषणमा प्रयोग गरिने ‘मसिन’ वर्णन गरेको चित्र कोरेकी थिइन ।

त्यसैगरी रिलायन्स इङ्ग्लिस सेकेण्डरी स्कूल मधुमाला मोरङका कक्षा ८ मा अध्ययनरत छात्र इचिङ लिम्बु दोस्रो भएका छन्। उनले मानवीय गतिविधिसँगै मंगल ग्रहमा प्रभुत्व जमाउँदै गएको चित्र कोरेका थिए ।

सरस्वती निकेतन सेकेण्डरी स्कूल काठमाडौँ ब्रम्हटोल कक्षा ६ मा अध्ययनरत छात्र समीर बस्नेत तृतीय भएका छन्। उनले पृथ्वीबाट अन्तरिक्षमा मानवसहितको रकेट पठाउँदा दुर्घटना परेको र उद्धारका लागि स्पेस एम्बुलेन्समा चिकित्सकहरू पठाएको चित्र कोरका थिए ।

श्री सेकेण्डरी स्कूल कलाखोला दाङ लुम्बिनीका छात्र छविराज ओझा चौथी भएका छन् । उनी स्वयंम आर्मी बनेर अन्तरिक्ष भ्रमणमा गएको चित्र बनाएका थिए ।

बाल विद्यामन्दिर इङ्लिस बोर्डिङ स्कूल बेलाका उदयपुरका डिकेन्द्र मगर चौथो भएका छन् । उनले एलियनले कसरी सौर्य उर्जा प्रयोग गर्छन्, र खेती तथा उनीहरूले प्रयोग गर्ने रकेटको चित्र बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×