जर्मन घडी ‘नोमोस’ बजारमा

काठमाडौँ । जर्मन घडी ‘नोमोस ग्लासहुट’ नेपाली बजारमा लञ्च भएको छ । पाँच दशक अघि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट स्थापित भएको स्विस टाईमपिसेस् नेपाल प्रा. लि. ले नोमसलाई  भाद्र १५ मा ‘लञ्च’ गरेको हो । 

‘नेपाली वाच कलेक्टरहरुले लामो समयदेखि प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा निक्कै हर्षित छौं,’ स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भू दयाल झुनझुवाला भन्छन, ‘नोमस आधुनिक पुस्ताले मन पराउने ब्राण्ड हो।’

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले ‘म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच’ उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाइनमा आकर्षण भएका नोमस वाचले व्यापकता पाएको अध्यक्ष शम्भू दयाल झुनझुवाला बताउँछन् ।

‘प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको ‘नोमोस’ घडी कलेक्टरहरुले सर्वाधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको ब्राण्ड मानिन्छ।

अध्यक्ष शम्भुले सुरु गर्नुभएको स्विस टाईमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रुपमा तेस्रो पुस्तामा पुस्तान्तरण भईसकेको छ । तीन पुस्ताले सम्हालेको स्विस टाईमपिसेस् नेपालले विश्वभरका एक दर्जन ‘प्रिमियम लक्जरी वाच ब्राण्ड’लाई नेपाली बजारमा आयात तथा विक्री वितरण गर्दै आएको छ ।

दरबारमार्गमा रहेको स्विस टाईमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुमबाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाईन, फेड्रिक कन्स्ट्यान्ट जस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

×