October 26, 2024

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु


 एशियामा प्रथम पटक भएको अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियरको तेस्रो संस्करणमा नेपालसहित विश्वका १९ देशका विद्यार्थीहरू सहभागी भएका छन् ।

काठमाडौँ । नेपालमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियरको तेस्रो संस्करण सुरु भएको छ। असोज १८ शुक्रबारबाट सेन्टजेभियर्स स्कूल गोदावरीको सुरु भएको सो खगोलीय ओलम्पियाड-जुनियरमा नेपालसहित उन्नाइस देशले सहभागिता जनाएका छन्।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) आयोजक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सामाजिक मन्त्रालय सह-आयोजक रहेको यस कार्यक्रमले नेपाल मात्र नभई, विश्व खगोलीय उन्नयन तथा खगोलीय वैज्ञानिक उत्पादनमा कोशेढुंगा बन्नेछ। ‘ओलम्पियाड-जुनियर’ मा बांग्लादेश, बुलगेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रिस, भारत, इटाली, लिथोनिया, मलेशिया, नेपाल, रोमानिया, श्रीलंका, स्वीडेन, थाइल्यान्ड, युक्रेन र युएइ देशका विद्यार्थी तथा टिम लिडर (शिक्षक) सहित १५० सहभागी भएका छन् ।

ओलम्पियाडको उद्घाटन गर्दै बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले भनिन्,‘यस कार्यक्रमलाई बुढानीलकण्ठ नगरपालिकामा स्वागत गर्न आतुर थियौँ, तर यस पटक त्यस्तो अवसर हामीलाई जुरेन ।’ विश्वका १८ देशका विद्यार्थीहरू नेपाल आइरहँदा आफूले यस किसिमको अवसर छुटाउन नचाएको उपमेयर लामाले कार्यक्रममा भनिन्, ‘प्रमुख अतिथि हुने सोचले कार्यक्रममा आउने भन्दा पनि युवाहरूलाई हौसला दिन आएको हुँ ।’

अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुले भने, ‘नेपाल गौतम बुद्ध जन्मेको देश हो। यस कारण शान्ति र मित्रताको लागि बुद्धले भन्नुभएको जस्तै ओलम्पियाडको अवसरमा कम्तीमा पाँच जना साथीलाई मित्रता बनाउन अनुरोध गरेँ । ‘नेपाल आएको अवसरमा यहाँको कला तथा संस्कृतिलाई नजिकबाट अवलोकन गर्न उनले विद्यार्थीहरूलाई अनुरोध गरेँ । ‘संसारकै अग्लो शिखर सगरमाथा नेपालमा पर्ने भन्दै जीवनको लक्ष्य उच्च राख्न अध्यक्ष सुलेले विद्यार्थीहरूलाई हौस्याए। उनले इटाली पहिलो पटक आइवोएए जुनियरमा उपस्थित भएकोमा खुशी व्यक्त गरेँ ।

कार्यक्रममा विभिन्न देशका खगोल विज्ञानको क्षेत्रमा काम गरिरहेका अनुभवी प्राध्यापक, अनुसन्धानकर्ता तथा नेपाली खगोलीय विज्ञहरूले पर्यवेक्षकको भूमिका निभाउने आयोजकले जनाएको छ। ओलम्पियाड जुनियरका प्राज्ञिक समितिका सह-अध्यक्ष तथा त्रिभूवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्राडा उदयराज खनालले भने, ‘खगोल विज्ञानमा रुचि राख्ने विभिन्न देशबाट विद्यार्थीहरू आउनु भएको छ, यो अतिनै खुशीको कुरा हो ।’ उनले भने, ‘विश्वको सबैभन्दा पुरानो खगोलीय विज्ञान हो जसले मानिसको जिज्ञासा शान्त पार्न उद्दत रहन्छ ।’

‘नेपालमा खगोलीय विकासका लागि टेवा पुग्ने ओलम्पियाड-जुनियर सेन्ट जेभिर्यस स्कूल गोदावरीको प्राङ्गणमा गर्ने प्रस्ताव आउनासाथ आफूले स्वागत गरेको,’ प्रिन्सिपल विजय प्रताप टोप्पोले बताए। अहिलेको ओलम्पियाडमा आउँदै गरेको दीपेश भट्टराई र दीपिका भट्टराईसहित उनीहरूको आमा झप्के खोलाको पहिरोमा पुरेकोमा दुःख व्यक्त गरेँ ।

ओलम्पियाडका सह-अध्यक्ष नासोका कार्यक्रम निर्देशक मनीषा द्वाले भर्खरैको बालबालिका दीपेश भट्टराई र दीपिका भट्टराई जुडुवा पहिरो परेकोमा निकै भावुक बनिन् । कार्यक्रमको समापनमा भनिन्, ‘आजसम्मको व्यवस्थापनमा हामीले निकै राम्रो गर्न खोजेका छौँ,  अझै समयको पदचापलाई पछ्याउने छौँ ।’ अन्तर्राष्ट्रिय ओलम्पियाड कमिटीले नेपालको तर्फबाट नासोले प्रस्ताव गरेको योजनालाई स्वीकृत गरेर नेपालमा ‍ओलम्पियाड-जुनियरको तेस्रो संस्करण भइरहेको बताइन् ।

ओलम्पियाड-जुनियर

वि.सं. २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र हो । यस ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रिसमा आयोजना भएको थियो ।

‘युरोपियन मुलुक बाहिर एशिया महादेशमा आयोजना भएको यो पहिलो पटक हो । यस कारण पनि यस ओलम्पियाडलाई अन्तर्राष्ट्रिय समुदायले विशेष महत्वको साथ हेरिरहेको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

उनका अनुसार ओलम्पियाड–जुनियर(आइओएए-जेआर)को तेस्रो संस्करण आयोजक संस्था चयनका लागि विभिन्न देशको प्रतिस्पर्धामा नेपालको तर्फबाट नासोले अनुमति प्राप्त गरेको थियो । सो अनुमति अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड समितिले स्वीकृति प्रदान गरेको हो ।

‘ओलम्पियाड’ विद्यर्थीहरुका लागि शैक्षिक योग्यता प्रस्फुटन गर्ने कार्यक्रम हो, जसमा विद्यार्थीहरूको शैक्षिक तथा बौद्धिक क्षमतालाई  सैद्धान्तिक र प्रयोगात्मक ढङ्गबाट जाँचिन्छ,’ अध्यक्ष भट्टराई भने, ‘यस कार्यक्रममा सहभागी भएपश्चात् विद्यार्थीहरूमा खगोल सम्बन्धी विषयगत ज्ञानको दायर फराकिलो हुने मात्र नभई टेलिस्कोप अवलोकन गर्ने सिपसमेत विकास हुनेछ।’

त्यस्तै, नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आइरहेको छ। यस ‘सिनियर विधा’मा १६ वर्षदेखि  २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका सहभागी हुनेछन्।

राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आइरहेको छ। यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेर मुनिका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् ।

यी दुवै विधाको राष्ट्रिय खगोल ओलम्पियाडमा उत्कृष्ट नतिजा प्राप्त गरी छनौट भएका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा सहभागी गराउँदै आइरहेको छ । नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड हालसम्म १८ वटा पदक प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

‘पाकाको रमाइलो र पिरलो’ पुस्तक विमोचन

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

‘पाकाको रमाइलो र पिरलो’ पुस्तक विमोचन

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×