विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

काठमाडौँ । वातावरण, विज्ञान तथा प्रविधि पूर्वमन्त्री इन्जिनियर गणेश साहले नेपालमा वैज्ञानिक उत्पादनमा वृद्धि गर्न देशभरका विद्यालयहरूमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् । सामाखुसीस्थित रेडन कलेजले माघ २२ गतेदेखि आयोजना गरेको दुई दिने ‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ को उद्घाटनको क्रममा पूर्व विज्ञान मन्त्री साहले बताएका हुन ।

पूर्व विज्ञान मन्त्री साहले भने  ‘हामीले अव माइस अर्थात् ‘एम.आइ.सी.इ.’ मोडलमा काम गर्न पर्नेछ।’ एम अर्थात् मिटिङ , आइ ‘इनोभेसन’,  सी ‘कन्फेरेन्स’ र इ अर्थात् आन्टरपेनरशीप जस्ता चार क्षेत्रमा सँगै काम हुन सके आगामी दिनमा नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रको विकास हुने उनले सुनाए।

करिब छ दशक विज्ञान प्रवर्द्धन तथा विकासमा लागि परेका पूर्व विज्ञान मन्त्री साहले भने, ‘विभिन्न प्रकारका समस्या समाधान वैज्ञानिकले गर्ने र गर्दै आएको हुँदा तपाईँहरूले आजैदेखि समाधान केन्द्रित ‘इनोभेटिप कन्सेप्ट’मा काम गर्नु पर्दछ।’

माघ २३ गतेसम्म चल्ने साइन्स एस्पोमा कक्षा ५-७ र ८-१० कक्षामा अध्ययनरत विद्यार्थीहरूले बनाएका नमुनाहरूको प्रदर्शनीमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहका विजयीले नगद पन्ध्र हजार पाउने कलेजले जनाएको छ ।

त्यस्तै कक्षा ५-७ र ८-१० कक्षामा अध्ययनरत विद्यार्थीहरूले ‘रोबो रेस’ र ‘रोबो सकर’ मा प्रतिस्पर्धा हुनेछ । प्रत्येक विजेताले नगद पन्ध्र हजार प्राप्त गर्नेछ ।

कलेजका एकेडेमिक डिरेक्टर सुनोज कैनीका अनुसार उत्कृष्ट प्रदर्शनी गर्ने समूहलाई नगद २५ हजार प्रदान गर्नेछ । एस्पोमा सूर्य अवलोकन,  खगोलीय ग्रह तथा तारा सम्बन्धी भर्चुअल प्लानेटोरियम तथा आर्ट एण्ड क्राफ्टका नमुनाहरू प्रदर्शनी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×