2025-07-29

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट


काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा दश टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट दश उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् ।

फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज टीम, पुल्चोक कलेजको स्केट्च स्क्वायर, पुल्चोक कलेजकै केटुपिए, एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर, पुल्चोक कलेजको पुल्चोक इयर फाइभ रहेका छन् ।

यस्तैगरी, पुल्चोक कलेजकै पाथफाइण्डर, ख्वपः इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, पुल्चोक कलेजका विनर र टिम कोशी एक्सप्लोरल रहेका छन् । नेपाल इन्जिनियरिङ कलेजको रुरल रिड्ज विल्डर्स टीमपनि फाइनल चरणमा पुगेको छ ।


शनिबार नेपाल माउण्टेन एकेडेमीको हलमा प्रतिष्पर्धी समुहले प्रस्तुत गरेको अवधारणा अनुसार निर्णायक मण्डलले उत्कृष्ट १० टिमको छनौट गरेको हो । प्रतियोगिताको निर्णायकहरुमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), नेपाल माउण्टेन एकेडेमीका प्राचार्य शिवप्रसाद जैसी खतिवडा, प्राइम कमर्सियल बैंक बागमती प्रदेश प्रमुख दिमन श्रेष्ठ, सोसाइटी अफ आर्किटेक्ट इन्जिनियर्स एशोशिएसनका पूर्व उपाध्यक्ष सुनिता सुवेदी तथा नेपाल इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक रमेश ज्ञवाली रहनु भएको थियो ।


निर्णायकहरुले प्रतिष्पर्धी टिमले प्रस्तुत गरेको अवधारणामा नवप्रर्वद्धन र सृजनशीलता, प्राविधिक संभाब्यता, आर्थिक एवम् वातावरणीय प्रभाव, प्रस्तुति, पर्यटनमैत्री योजनाका आधारमा अंकहरु प्रदान गरेका थिए । विद्यार्थीहरुको समुहले होम स्टे, कृषि पर्यटन, माउण्टेन पर्यटन, ट्रेकिङ, चिया, र्याफ्टिङ, बञ्जिजम्प, एडभेञ्जर जस्ता विषयहरुमा प्रस्तुति दिएका थिए ।


प्रतियोगिताको आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार उत्कृष्ट १० मा पर्न सफल टीमहरुलाई अब उनीहरुका अवधारणा अनुसार थप अध्ययनका लागि फिल्डमा पठाइन्छ । त्यसका लागि प्रत्येक टीमलाई एक जना मेन्टर (सल्लाहकार) समेत उपलब्ध गराईन्छ ।

‘अब छनौट भएका प्रत्येक टीमलाई एकएक जना मेन्टर उपलब्ध गराइन्छ । त्यसपछि उहाँहरु थप अध्ययन र अनुसन्धानका लागि फिल्डमा जानुहुन्छ ।’ अध्यक्ष मगरले भनिन्,‘जेठ ९ गतेदेखि काठमाडौंमा उहाँहरुले तयार पारेको प्रोजेक्टको बृहद् प्रर्दशनीसँगै फाइनल प्रतिष्पर्धा हुन्छ।’
ठमेलको जी रामायण होटलमा हुने प्रदर्शनी तथा फाइनल कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायीसँगै ठूला लगानीकर्ता र सरकारी क्षेत्रबाट समेत प्रबुद्ध व्यक्तिहरुले अध्ययन अवलोकन गर्नेछन् ।

कोशी क्षेत्रको पर्यटन प्रवर्द्धन सँगै नयाँ पर्यटनका आयामहरुलाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको छनौट चरणमा १९ वटा समुहको प्रोजेक्टको छनौट गरिएको थियो । जसमध्ये शनिबारको छनौट चरणबाट १० वटा उत्कृष्ट टिम फाइनल चरणमा पुगेका हुन् ।


प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, पूर्वाञ्चल इन्जिनियरिङ कलेज लगायतबाट विद्यार्थीहरुको सहभागीता रहेको थियो ।


नेपालमै पहिलोपटक आयोजना भएको कोशी प्रोजेक्ट शो केसले कोशी प्रदेशमा नयाँ पर्यटकीय क्षेत्रको संभाव्यता अध्ययन गर्दै पर्यटनबाटै मुलुकको अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।


प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु. १ लाख, द्वितिय हुने टीमलाई रु. ५० हजार तथा तृतिय हुने टीमलाई रु. २५ हजार नगद, मेडल, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । प्रतियोगितालाई कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेका छन्। 

मा अद्यावधिक गरिएको

समाचार

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

×