नेकमा सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज(नेक)मा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको छ । नेकका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको जनाएकाे छ ।

जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ कलेज बीचको संयुक्त परियोजना अन्तरगत टर्बाइन बुधबार एक कार्यक्रमका बिच स्थापना गरिएको छ । उक्त टर्बाइन हावा र सोलार उर्जाबाट चल्नेछ । सानो आकार, कम कम्पन र सहजरुपमै मर्मतसम्भार गर्न सकिने यसको विशेषता हो ।

विन्ड टर्बाइन ब्लेड नायलन फाइबरबाट बनेको छ । टर्बाइनले कम हावाको गतिमा पनि काम गर्ने, उच्च हावा ऊर्जा उपयोग गर्न सकिनेछ । जेनेरेटरले विशेष रोटर डिजाइन गरिएको स्थायी चुम्बक रोटर अल्टरनेटर अपनाउने भएकोले जेनेरेटरको प्रतिरोध टर्कलाई प्रभावकारी रूपमा कम गर्ने बताइएको छ ।

जापान ऊर्जा सुरक्षा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण समेत गरेका छन् । ‘यो प्रोजेक्टले नेकका विद्यार्थीहरूलाई वायुउर्जा सम्बन्धी सोध अनुसन्धान गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेका छौं,’ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताए ।

बुधबार कलेजमा विद्यार्थीहरू सँगको अन्तरक्रियात्मक प्रस्तुतिकरणमा बोल्दै जापान उर्जा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइनले विद्यार्थीहरुको अध्ययन अनुसन्धानलाई थप परिस्कृत बनाउने बताए ।

७२ वर्षीय किरिहरा नेकका भिजिटिङ प्रोफेसर समेत हुन् । नेपालले जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर भए दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×