अहिंसा महोत्सव आयोजना हुने

काठमाडौँ – नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्धन गर्ने उद्देश्यले तीन-दिने “अहिंसा महोत्सव नेपाल २०८२” आयोजना गर्ने भएको छ।

महोत्सव २०८२ भदौ १२ देखि १४ गतेसम्म प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा गर्न लागिएको हो ।  महोत्सबमा आगन्तुकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

“करुणाले जोड्दछ” भन्ने नाराका साथ आयोजना गरिने यस महोत्सवले पशुपक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि “पूर्ण शाकाहारी” जीवनशैली अपनाउन प्रेरित गर्ने बताइएको छ। 

“अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबिच सम्बन्ध तथा सहकार्यको सेतु बन्ने उद्देश्य लिएको नेपाल शाकाहारी सङ्घका अध्यक्ष कृष्ण गुरुङले जानकारी गराए ।

आयोजक नेपाल शाकाहारी सङ्घका अनुसार “दिगो जीवनपद्धति, शाकाहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया; फ्ल्याश मब; साङ्गीतिक प्रस्तुति; योग सत्र; देश विदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान; शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रि भोज महोत्सवका मुख्य आकर्षण रहनेछन्।

आयोजकका अनुसार महोत्सवमा ३० हजार सहभागी हुने र ५० हजार भन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ। “महोत्सवमा शाकाहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहने,” सङ्घका अध्यक्ष कृष्ण गुरुङले बताए ।

सङ्घले यसअघि २०७४ सालमा काठमाडौँमा आयोजना गरेको आठौँ एसिया-प्यासिफिक भेजिटेरियन कांग्रेस (एपीभीसी) सफलतालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागेको जनाएको छ । सो अवसरमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×