‘क्षितिज पारी योगेश्वर अमात्यको साथ’ विजेता घोषणा

काठमाडौँ । ‘द टेलिस्कोप क्लब’ले आयोजना गरेको ‘क्षितिज पारी योगेश्वर अमात्यको साथ’ खगोलीय भिडियो प्रतियोगिताका विजयी घोषणा गरेको छ।

यस प्रतियोगितामा प्रतिस्पर्धीबाट उत्कृष्ट तीन जना छनोट गरिएको द टेलिस्कोप क्लबका संरक्षक मेक इन्जिनियरिङका आर्केट महर्जनले बताए।

उनका अनुसार तेस्रो संस्करणको विजयी काठमाडौँ पेस्पीकोलाका विकेश कार्की हुन् । पहिलो रनरअप काठमाडौँ रानीवनका सबिन भण्डारी हुन् भने दोस्रो रनअप बाजुरा खप्तडका रामचन्द्र सुनुवार बनेका छन्।

यस पटकको विजयी सबिन भण्डारीलाई ७० एमएमको टेलिस्कोप प्रदान गरिएको छ। त्यस्तै, पहिलो र दोस्रो रनरअप हुनेलाई ६० एमएमको टेलिस्कोप निर्माण गर्ने किट प्रदान गरिएको छ।

‘नेपालका चर्चित पप गायक योगेश्वर अमात्यको सहयोगमा नेपालमा खगोलीय गतिविधिमा टेवा पुर्‍याउने उद्देश्यले ‘क्षितिज पारी योगेश्वर अमात्यको साथ’ कार्यक्रमको आयोजना गरिएको हो,’ महर्जनले भने ।

गायक योगेश्वर अमात्यले विजेता घोषणा भिडियो सन्देशमार्फत  भनेका छन्, ‘आफ्नो संसारभन्दा बाहिर हेर्ने उत्सुकता बौद्धिक मानिसको प्रतिभा भएकोले सधैँ मनमा राखिराख्न अनुरोध छ।’

‘द टेलिस्कोप क्लब’ले चौथो चरणको खगोलीय भिडियो प्रतियोगिता छिट्टै खुला गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×