‘कलेज आइडिया हन्ट २०२५’ का लागि आवेदन खुल्यो

काठमाडौँ । ‘कलेज आइडिया हन्ट २०२५’ का लागि आवेदन खुलेको छ । सो प्रतियोगितामा आगामी असार १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।

आयोजक आइडिया स्टुडियो नेपालका अनुसार सहभागी हुन चाहने विद्यार्थीले नवप्रवर्तन, ग्रीनोभेसन र सामाजिक प्रभाव पार्ने खालका ‘बिजनेस आइडिया’ प्रस्तुत गर्नुपर्दछ ।

आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले सामाजिक उत्तरदायित्व बोकेको व्यावसायिक विचारहरूलाई प्रोत्साहन तथा स्रोतसाधनको पनि व्यवस्था गर्ने बताए ।

‘शीर्ष तीन विजेताहरू प्रत्येकलाई नगद एक लाखका दरले पुरस्कृत गरिने छ,’ उनले भने, ‘सो रकम नमुना प्रोजेक्ट बनाउन मद्दत मिल्नेछ।’

आयोजकका अनुसार पछिल्ला ६ वर्षमा देशभरका १५ सय विद्यार्थीहरूको आवेदन सङ्कलन गरिसकेको छ । हालसम्म ८० भन्दा बढी व्यवसायहरू ‘इनक्युबेट’ भएको र १९ व्यवसायलाई ‘सिड मनि’ प्रदान गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×