
काठमाडौँ, चैत २७ । नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई राष्ट्र विकासको प्रमुख आर्थिक इन्जिनको रूपमा व्याख्या गर्नुभएको छ।
समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल चेम्बर अफ कमर्सले खेलेको भूमिका सहरानिय रहेको उल्लेख गर्नुभयो। स्थिर सरकार र दीगो आर्थिक आधारमार्फत मात्र रोजगारी सृजना सम्भव हुने बताउँदै राष्ट्रपति पौडेलले युवालाई रोजगारीमा संलग्न गराउन सके मात्र ‘ब्रेन डेन’लाई ‘ब्रेन गेन’मा परिणत गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निजी क्षेत्रलाई विकास योजनासँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले परम्परागत सोचभन्दा बाहिर निस्केर नवप्रवर्तनतर्फ लम्कनुपर्ने, स्टार्टअप संस्कृतिको विकास गर्नुपर्ने र युवालाई आर्थिक क्षेत्रमा जोड्नुपर्नेमा जोड दिनुभयो।
“नीजि क्षेत्र मात्र सबल भएमा नेपाल सबल हुन्छ। नीजि क्षेत्र आर्थिक विकासको इन्जिन हो भन्ने म ठान्दछु,” राष्ट्रपति पौडेलले भन्नुभयो।

Leave a Reply