2025-08-19

‘एआइ फर गुड’ प्रतिस्पर्धा उद्घाटन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘एआइ फर गुड’ युवा प्रतिस्पर्धा उद्घाटन गरेका छन् ।

रोबटिक्स एसोसियसन अफ नेपाल (र्‍यान) र इन्टरनेशनल टेलिकम्यूनीकेसन (आइटीयू)ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले भने, “एआइ हब बन्नलाई सबैभन्दा पहिले आइटी सेन्टर बन्न पर्नेछ । तर त्यो बन्न सकेको छैन ।”

“कम्तीमा पाँच अरब जति रकम विभिन्न रूपमा विदेशीने गर्दछ, त्यसलाई रोक्न पनि आइटी सेक्टर विस्तारका लागि पचास अरब बजेट माग गरेँ तर बजेट पास हुन सकेन,” मन्त्री गुरुङले कार्यक्रममा भने। आइटी सेन्टकको विकासका लागि सरोकारवालाहरूले सरकारलाई दबाब बढाउन उनले अनुरोध गरें ।

“कतिपय कुरा मन्त्रीले मात्र महसुस गरेर नहुने रहेछ, ‘प्रविधिको विकासका लागि योजना आयोग, अर्थ मन्त्रालय र मन्त्री परिषद्ले पनि महसुस गर्नु पर्दछ, तर त्यो हुन नसकेकोप्रति मन्त्री गुरुले गुनासा गरेँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव विष्णुबाबु पुडासैनीले ‘जलवायु परिवर्तनका कुरा व्यापक रूपमा जोडिन्थ्यो,  आजकल एआइ पनि त्यस्तै भएको बताए । “एआइको प्रयोग मात्र गर्‍यौँ भने देशलाई घाटा हुनेछ,” उनले भने, ” त्यस कारण हामीले यसबाट व्यापार गर्न सकिने तथा कहाँ कहाँ यसको बढी उपयोग हुनेछ त्यसबाट राष्ट्रलाई फाइदा पुग्ने योजना हुनु पर्दछ।”

किनभने हामी नयाँ कुराको बारेमा अधिक चर्चा गर्छौ तर कालान्तरमा जहाँकोत्यहाँ हुने हाम्रो अनुभूति छ,  त्यस कारण मन्त्रालय तथा सरोकारवालाबिच नेटवर्किङ हुने किसिमले काम गर्नुपर्नेछ, ” उनले भने ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा. रवीन्द्र ढकालले प्रविधि उत्पादन तथा अन्तर सञ्जाल बनाएर काम गर्ने वातावरण बन्न नसकेकोमा चिन्ता गरेँ । उनले विद्यार्थीहरूलाई विपद् व्यवस्थापनमा एआइ रोबटको प्रयोग गर्दा डेटा तथा नीतिको अध्ययन गर्न पर्ने बताए।

र्‍यानका सल्लाहकार श्री गुरुङले नेपाली प्रविधि विकासका लागि तत्काल पूर्वाधार निमार्ण गर्न नसक्ने औँल्याए । “तर नीति बनाउन भने सक्नेछ, त्यो नीतिअनुरूप विदेशमा बसेका नेपाली वा कम्पनीहरूले नेपालमा आइटी क्षेत्रमा लगानी गरेर हामीलाई चाहिने ‘सेन्टर’ बनाउन सकिन्छ।”

प्राध्यापक तिमिला यमी थापाले राष्ट्र विकासमा योगदान पुर्‍याउने चिकित्सा र प्रविधिसम्बन्धी संस्थालक्षित विशेष कानुन बनाएर बजेट व्यवस्था गर्न सके छिटो आइटी सेक्टरको विकास हुने बताइन् । उनले भनिन्, “भारतले १९४६ ऐन बनाएर अगाडि बढ्दा आज इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजी (आइआइटी) को अवस्था राम्रो भएको हो।”

मन्त्रालयले बजेट कम पाएको मन्त्री गुरुङको गुनासो सुनेपछि काठमाडौँ इन्जिनियरिङ कलेजका अध्यक्ष तथा योजना आयोगका पूर्व सदस्य प्राध्यापक हिरण्यमान प्रधानले बजेटको सिलिङ अर्थ मन्त्रालयले तोक्ने तथा मन्त्रालयहरूले आ–आफ्नो योजना बनाउँछन्—त्यसो हुँदा योजना आयोग नचाहिने धारणा राखें ।

उनले भने, ‘यदि योजना आयोगले योजना बनाउने हो भने मन्त्रालयले योजना बनाउने काम गर्नु भएर र अर्थ मन्त्रालयले बजेट आकार तोक्न हुँदैन । उनले सरकारले प्राइभेट सेक्टरसाथमा लिएर हिँड्न नसकेको गुनासो गरेँ।

कालीमाटीस्थित काठमाडौँ इन्जिनियरिङ कलेजमा भइरहेको ‘एआइ फर गुट’ युवा प्रतिस्पर्धामा प्लस टु तहका देशभरबाट १६ टिम छन्। र्‍यानका सचिव ओम जैसवालले उत्कृष्ट ४ टिमबाट छनोटमा परेका विद्यार्थीहरूको समूहलाई स्विजरल्याण्डमा हुने प्रतिस्पर्धामा सहभागी गउने बताए।

“विद्यार्थीहरूले ‘डिजास्टर रेस्पोन्स एण्ड एमरजेन्सी रेस्क्यू अपरेसन्स’ जस्ता मुख्य ‘थिम’मा काम गर्नुपर्ने हुन्छ,” उनले भने।

मा अद्यावधिक गरिएको

समाचार

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानीमा वृद्धि

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री

सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानीमा वृद्धि

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

×