
युरोपियन परमाणु अनुसन्धान संगठन (सर्न) ले स्लोभेनियालाई आफ्नो २५ औँ सदस्य राष्ट्रका रूपमा स्वागत गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षरपछि, जसले तीन दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएकाे ठानिएकाे छ ।
“सर्नले स्लोभेनियालाई पूर्ण सदस्यता प्रदान गरेर हाम्रो विज्ञान र अनुसन्धानकर्ताहरूको लागि विशेष पहिचान भएकाे छ,” स्लोभेनियाका उच्च शिक्षा, विज्ञान र नवप्रवर्तन मन्त्रालयका मन्त्री डा. इगर पापिकले भनिन्।
“यस कार्यले स्लोभेनियाको ज्ञान र विज्ञानमा आधारित भविष्य निर्माणसँगै राष्ट्रको प्रतिष्ठा बढाउन सुदृढ गर्छ,” उनले भनिन्, सुन्दर प्राकृतिक दृश्यहरू बाहेक, ज्ञान हाम्रो देशको एकमात्र साँचो प्राकृतिक सम्पत्ति हो। यस कारण हामीले विज्ञान, अनुसन्धान र नवप्रवर्तनकालागि वित्तीय स्रोतहरू छुट्याएका छौं। हामीले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गतिविधि ऐनमा वर्षेनी यी कोषहरूको वृद्धि गर्ने अनिवार्यता स्पष्टता गरेका छौं।”
सर्न काउन्सिलका अध्यक्ष कोस्टास फाउन्टासले स्लोवेनियालाई नयाँ सदस्य राष्ट्रका रूपमा स्वागत गर्दै भनिन्, “स्लोभेनिया र सर्नको लामो सम्बन्ध छ, विशेष गरी एटलसको प्रयोगमा स्लोभेनिया विज्ञान समुदायको निरन्तर संलग्नता रहेको छ।”
“स्लोभेनिया र सर्नले तीस वर्षभन्दा बढी समयदेखि सहकार्य गरिरहेका छन्, र म स्लोभेनियालाई सर्नकाे सदस्य राष्ट्रहरूको समूहमा स्वागत गर्न पाउँदा खुसी छु,” सर्नका निर्देशक फबिओला जियानोटीले भनिन्, “म विश्वस्त छु कि नजिकका सम्बन्धले सर्न र स्लोभेनियाका लागि पारस्परिक रुपमा फाइदा हुनेछ।”
सर्नका अनुसार हालैका वर्षहरूमा स्लोभेनियाली भौतिक शास्त्रीहरूले लार्ज ह्याड्रोन कोलाइडर (LHC) मा एट्लस प्रयोगमा भाग लिएका छन्। त्यसले उनीहरूको अनुसन्धान र विकास, निर्माण र सञ्चालनमा सहज भएकाे छ।सदस्य राज्य भएपछि स्लोभेनियाले सर्न परिषदमा मतदान अधिकार हुनेछ। जुन संगठनको सबैभन्दा उच्च निर्णय गर्ने अधिकार हो।
सदस्यतापश्चात् स्लोभेनियाका नागरिकहरूलाई सर्नद्वारा दिइने अवसरहरूमा वृद्धि गर्नेछ र स्लोभेनिया उद्योगलाई सर्नमा ठेक्कापट्टा लागि अवसर मिल्ने उल्लेख छ ।
Leave a Reply