बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

तश्बिर: के के मानन्धर

काठमाडौँ । बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृतिमा कार्यक्रम आयोजना गरेका छन् ।

विश्वशान्ति विहार मीन भवनमा आयोजित ५ औं वार्षिक पुण्यतिथिको अवसरमा कार्यपत्रको प्रस्तावना सम्बन्धी गोष्ठी गरेको थियो। गोष्ठीमा बौद्ध विद्वानहरू क्रमशः मदन मानन्धर र डा. त्रिरत्न मानन्धरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

भिक्षु ज्ञानपूर्णिकले बौद्ध धर्ममा ६० वटा पुस्तक लेखेका छन् । उनी धर्मोदय महासभाका पूर्व अध्यक्ष पनि थिए। थाइल्याण्डको महाचुलालोङकोर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट भिक्षु ज्ञानपूर्णिकलाई मानार्थ विद्यावारिधि दिइएको थियो । उनी थेरवाद बौद्ध धर्मका सातौं संघनायक पनि थिए ।

कार्यक्रममा भिक्षु अनागारिका थेरवाद बौद्ध एकेडेमीका प्राध्यापक र विद्यार्थीहरूले सहभागी थिए । त्यस्तै, पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि उक्त समारोहमा भाग लिएका थिए। पूर्व प्रधानमन्त्री खनालले अहिले बौद्ध शिक्षाको अध्ययन गरिरहनु भएको छ ।

गोष्ठीको अध्यक्षता थेरवाद बौद्ध एकेडेमीका अध्यक्ष निग्रोध महास्थवीरले गरें । महेन्द्ररत्न शाक्य र भिक्षु निग्रोध महास्थवीरले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन डा. रीना तुलाधरले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

×