एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

ललितपुर । एभरेष्टमा इन्जिनियरिङ कलेजका स्रोत व्यक्ति इन्जिनियर डा. दिपक प्रसाद बास्तोलाले देश विकासमा इन्जिनियरको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

सफल नेतृत्वको लागि दीर्घकालिन मन बचन र कर्ममा तादात्म्यता हुनु अत्यावश्यक रहेको जनाउँदै उनले बेलायतका तत्कालीन राजकुमार ह्यारीको नेपाल भ्रमणको समयमा ह्यारी चढ्ने हेलिकप्टर उडाउने जिम्मेवारी आफूलाई दिइएको घटना स्मरण गरें ।

छलफलमा बास्तोलाले श्रमको कदर गर्न, पेशाको गरिमा कायम गर्न र कार्यक्षेत्रमा सक्रिय रहुन्जेल आफ्नो सिपलाई निरन्तर अद्यावधिक गर्न विद्यार्थीहरूलाई सुझाए।

डा. बास्तोलाले कलेजका अध्ययनरत ५० जना विद्यार्थीहरूसँग छलफल गर्दै अन्तर्राष्ट्रिय उडान क्षेत्रमा सुरक्षाको हिसाबले नेपाल अझै ब्ल्याक लिष्टमा परेकोमा दुख व्यक्त गर्दै नेपाललाई ब्लाक लिष्टबाट हटाउन इन्जिनियरको भूमिका सर्वोपरि हुने जानकारी दिए ।

उनले जीवन उपयोगी ज्ञानमा पढाइले १० प्रतिशत, सोच र चिन्तनले १० प्रतिशत र अनुभवले ८० प्रतिशत भूमिका खेल्ने भएकोले आआफ्नो विधामा अनुभव प्राप्त व्यक्तिको सदुपयोग गर्न विद्यार्थीहरूलाई सल्लाह दिए।

डा. बास्तोला तीन दशक भन्दा बढी नेपाली सेनामा गरेको काम, ५ हजार घण्टा हेलिकप्टर उडाएको, फ्रान्सको पेरिसमा उच्च अध्ययनको लागि पाएको छात्रवृत्ति, काठमाडौं विश्वविद्यालयबाट नेतृत्व तथा संस्थागत कार्यसम्पादन विषयमा विद्यावारिधि र हेलिकप्टर उडान प्रशिक्षकको लाइसेन्ससमेत लिएका छन् ।

विद्यार्थीहरूका प्रश्नको उत्तर पश्चात् कलेजको तर्फबाट सिभिल विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली र कलेजका प्राचार्य इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले डा. बास्तोलालाई कलेजको तर्फबाट मायाको चिनो उपहार दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×