एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी


भक्तपुर ।
विज्ञान पढेर होइन, गरेर सिकिन्छ” भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गरेकाे छ ।

कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र प्राविधिक दक्षतालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा बालबालिकाले आफ्नै प्रयासमा तयार गरेका वैज्ञानिक उपकरणहरू, प्रयोगात्मक नमुनाहरू, तथा दैनिक जीवनसँग सम्बन्धित नवीन आविष्कारहरू प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा कक्षा २ दखि ८ कक्षामा अध्ययनरत् विद्यार्थीहरूले सहभागी थिए ।

कक्षा २ र ३ का नानीहरूले बनाएका सरल यन्त्रहरू, वातावरणीय सन्देशयुक्त चित्रहरू, रिसाइक्लिङ मेशिन मोडल, तथा हातले चलाउने सामग्रीहरू निकै आकर्षक  थिए।

त्यस्तै, कक्षा ८ का विद्यार्थीहरूले सोलार सिस्टम मोडेल, जल शुद्धीकरण विधि, ऊर्जा रूपान्तरणको प्रक्रिया, र सेन्सर प्रविधि प्रयोग जस्ता उन्नत स्तरका वैज्ञानिक प्रयोगहरू प्रस्तुत गरी सबैको ध्यान तान्न सफल भए।

प्रदर्शनीको अर्को विशेष पक्ष भनेको अभिभावकहरूको सक्रिय सहभागिता रह्यो। बालबालिकाले बनाएका सामग्रीहरू हेरेर अभिभावकहरू उत्साहित भए र प्रश्नहरू गरी विद्यार्थीहरूको ज्ञानको स्तर र बुझाइको प्रशंसा गरे।

विद्यार्थीहरू आफ्ना सिर्जनात्मक प्रयोगहरू आफ्नै अभिभावक तथा अन्य अतिथिहरू समक्ष प्रस्तुत गर्न पाउँदा उत्साहले भरिएका देखिन्थे। यस्तो अवसरले उनीहरूमा आत्मविश्वास र अभिव्यक्तिको क्षमता बढाउने मात्र नभई वैज्ञानिक सोचको विकासमा समेत टेवा पुर्‍याएको देखियो।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञानको विकास विना राष्ट्रको समग्र विकास सम्भव नरहेको उल्लेख गरें।

“यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञान र अनुसन्धानप्रति रुचि जगाउँछ। तिनको सोचलाई व्यवहारिक बनाउने वातावरण प्रदान गर्नुपर्छ र यिनै प्रयासहरूबाट भविष्यका वैज्ञानिकहरू जन्मिन्छन्,” उनले भने ।

विद्यार्थी, शिक्षक, अभिभावक र आगन्तुकहरू सबैले कार्यक्रममा सक्रिय सहभागिता जनाई एभरेस्ट स्कुलको शैक्षिक दृष्टिकोण र व्यावहारिक शिक्षामा जोड दिने प्रयत्नको सराहना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

×