त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्री सचिवालय

काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । 

बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरें । 

शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए। 

नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार)  विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×