राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि सँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तान वृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए।

“मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुख पूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान् अर्काे छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरु यो धन्दा छोड्नु पर्दछ।”

प्रधानमन्त्री ओलीले २० वर्षपछि विवाह गर्न सरकारले कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरेँ ।

उनले सन्तानले डाँडाकाँडा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गरेँ ।

विकसित देशमा पनि जनसङ्ख्या ऋणात्मक भएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले मानव अस्तित्वको खतरा देखाएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×