2025-07-29

उर्जा क्षेत्रमा स्वदेशीसँगै विदेशी लगानी आकर्षण गर्नु जरूरी छ: सभापति देउवा

तस्बिर: रिभोसाइन्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई आकर्षण गर्नु जरूरी भएको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २३औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै देउवाले  आर्थिक समृद्धिका लागि थप लगानीमैत्री वातावरण बनाउनमा जाेड दिए ।

“विगतमा नेपाली कांग्रेशको रणनीतिक काैशलताले आजका दिनमा उर्जा क्षेत्रमा विकास सम्भव भएको छ,” उनले भने, “स्वदेशी विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरण तयार हुनुपर्दछ । तव मात्र मुलुकमा थप सम्मृद्धि हासिल हुनेछ।”

सेयर निष्कासन रोकिएको विषयमा चासो व्यक्त गर्दै यसमा धितोपत्र बोर्डले चाँडै पहल गर्ने उनलेविश्वास व्यक्त गरे। 

वन संसारकै अप्ठेरो मन्त्रालय

पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जग्गा प्राप्ति तथा विकासका लागि अप्ठेरो वन तथा वातावरण मन्त्रालय भएको बताएका छन्। उनले भने, “साँच्चै विकास विकास गर्ने हो भने वन नीतिका जटिलताहरू परिवर्तन  गर्न आवश्यक छ।”

उनले वन मन्त्रालयका केही कानुनी प्रावधानले ऊर्जा क्षेत्रको दिगो विकासमा वाधा पुगेको औँल्याए ।  विकासको काम गर्दा रूख काट्दा समस्या पैदा हुन्छ भने त्यसको साटोमा नयाँ रूख रोप्न पर्ने कानुनी प्रावधान रा्ख्रन सकिने खरेलले बताए

संसदमा प्रस्तुत ऊर्जा ऐन ठीक ढङ्गले नआएको जिकिर गर्दै उनले भने, “राष्ट्र हित विपरीत  ऐन सुधार गर्नुपर्ने बताए। 

स्वदेशमै खपत गर्ने विस्तृत योजना

पूर्व उर्जामन्त्री जनार्दन शर्माले उर्जाको निर्यात होइन स्वदेशमै खपत गर्ने विस्तृत योजना बनाउनु पर्ने बताए। 

उनले सरकार र अदालतले ऊर्जा क्षेत्रको घाँटी अट्ठ्याएको आरोप लगाए । कतिपय विकासका विषयमा सरकारले स्वीकृत दिएको विषयमा अदालतले तगारो हाल्न नहुने उनले तर्क गरेँ।  शर्माले मञ्चमै भएका ऊर्जा मन्त्री दीपक खड्का माथि सही ढङ्गले काम गर्न नसकेकोमा प्रश्न गरे ।

उनले ऊर्जा क्षेत्रका डेभलोपर्सहरूमा पनि समयमा काम नसक्ने परिपाटी रहेको औँल्याएँ ।

५ हजार मेगावाटका लागि पीपीए

कार्यक्रममा ऊर्जा मन्त्री प्रदीप खड्काले १२ वर्ष सरकार चलाएका के कति काम भयो सोध्न पाउने कि नपाउने भनेर जनार्दन शर्मा लक्षित प्रतिप्रश्न गरेँ ।

उनले विगतमा विभिन्न कारणले पीपीए रोकिएको ४७ सय मेगावाट मा थप ३ सय मेगावाट थपेर ५ हजार मेगावाट उत्पादन गर्ने गरी पीपीए गर्न लागेको बताए ।

पर्यावरण जोगाउने सबैको दायित्व

वन तथा वातावरण मन्त्रालयका मन्त्री ऐन बहादुर शाही ठकुरीले कतिपय अवस्था ऊर्जा र वन मन्त्रालयसँगै हिँडिरहँदा पनि एकै गन्तव्यमा पुग्न नसकेको जिकिर गरेँ । उनले भने, “कतिपय ऐन कानुन विगतमा निर्माण गर्दा नक्कल ‘कपी पेस्ट’ भएको समेत भएको हुँदा अव त्यसलाई सुधार गर्दै लैजानेछ।”

पर्यावरण जोगाउन हामी सबैको दायित्व भएको स्मरण गराउँदै वातावरण मैत्री नभएको कतिपय आयोजनाले विनाश निम्त्याएको उनले उल्लेख गरेँ । त्यस कारण भोलिका सन्ततिका लागि वातावरण जोगाएर विकासमा लाग्नु पर्नेछ, उनले भने।

सनसेट ल’ लागू गरौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई अन्योलता हटाउन ‘सनसेट ल’ जस्तो कानुनी उपाय उपनाउनु पर्नेमा जोड दिए।

“वन, वातावरण, भूमि तथा निकुञ्जसम्बन्धी नियम र प्रक्रियाहरूले ऊर्जा क्षेत्र अलपत्र परेको भन्दै,” उनले भने, ” “२१७ आयोजना संवैधानिक इजलासको अन्तरिम आदेशका कारण रोकिएका छन्।” उनले स्वदेशमै बढी उर्जा खपत गर्नु पर्नेमा जोड दिए ।

मा अद्यावधिक गरिएको

समाचार

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

×