
अमेरिकाको ओहायो राज्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ओहायो च्याप्टरद्वारा आयोजित ‘मिट एण्ड ग्रिट तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।
ओहायोमा बसोबास गर्दै आएका नेपाली समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवादका लागि कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
कार्यक्रममा अमेरिकाका लागि नव नियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मीले रेग्मीले महिलाहरू र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै आवश्यक परेमा उनीहरूको लागि छुट्टै अस्थायी राहदानी कन्सुलर सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेँ ।
एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष होता राम विश्वकर्माले जुलाई २९ र ३० तारिखमा ओहायोमा आयोजना हुने राहदानी कन्सुलर सेवा शिविरबारे जानकारी र समन्वय गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जनाए ।
कार्यक्रममा नियोग उपप्रमुख शरदराज आरण, नेपाल सरकारका लागि ओहायोस्थित महावाणिज्यदूत डा. दामोदर पौडेल, सल्लाहकार डा. सञ्जु महतो, ओएनएफ राष्ट्रिय समिति अध्यक्ष छवि पाण्डे, ग्लोबल पिपुल एलाईन्स अध्यक्ष काशी अधिकारी, कोना अध्यक्ष आनन्द तिवारी, ओएनएफ ओहायो अध्यक्ष विजय थापा, एभरेस्ट क्लब अमेरिकाका अध्यक्ष विज्ञान भट्टराई, कलाकार सरिता लामिछाने, पूर्व सचिव रिद्धि खड्का, प्रदीप बास्तोला लगायतको उपस्थिति थियो।
Leave a Reply