2025-10-04

‘खल्ती बाइ आइएमइ’ विद्युतीय भुक्तानीको नयाँ सुरुवात, १ करोड २७ लाख प्रयोगकर्ता लाभान्वित हुने

काठमाडौँ । ‘खल्ती बाइ आइएमइ’ डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आएमइ खल्ती लिमिटेडले नेपालको फिनटेक उद्योग तथा बैङ्किङ क्षेत्रमा ऐतिहासिक सुरुवात भएको बताएका छन्।

काठमाडौँमा आज ‘आइएमइ पे’ र ‘खल्ती डिजिटल वालेट’ मर्जरको आधिकारिक घोषणा गर्दै १ करोड २७ लाख ग्राहक भएको जनाएको छ । कम्पनीले भनेको छ, यो सँगै देशकै ठुलो ‘डिजिटल वालेट’ बनेको उल्लेख गरेको छ । यसअघि खल्तीको ७० लाख र आएमइ पेको ५७ लाख प्रयोगकर्ता थियो ।

मर्जर कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रले ७५ सालमा संसद्बाट भुक्तानी प्रणालीको ऐन पास हुँदा नेपालमा डिजिटल भुक्तानी यतीको विकास हुनेछ नसोचिएको बताए ।

“नेपालमा मर्जर पछिको ‘पोस्ट मर्जर सिनड्रोम’ कस्तो छ भने, दोस्रो दर्जाको कर्मचारी भयौँ भन्ने सुनेका छौँ, यस मर्जरपछि भोलीका दिनमा कर्मचारीको कुनै गुनासो नआउने आशा छ,” उनले भने।

“यहाँ मान्छे बस्दैन, यहाँ बस्ने मान्छे काम लाग्दैन भन्ने भाष्यलाई खल्तीका युवा साथीहरूले मात खुवाई दिएको छ,” उनले भने, “प्राविधिक तथा नवप्रवर्तनले १ करोड २७ लाखको प्रयोगकर्तालाई सम्झाउन सक्ने क्षमता राख्नेछ ।”

नेपाल सरकारले डिजिटल फ्रेमवर्कलाई प्रोत्साहन गरेयता विद्युतीय भुक्तानी मार्फत् पारदर्शिता बढेको उनले उल्लेख गरेँ । उनले जाजरकोटमा बसेका मानिसले पनि सजिलै भुक्तानी गर्न सक्ने सरल भुक्तानी सेवा बनाइदिन अनुरोध गरेँ।

आइएमइ ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरको काम त्यति सहज नभएको बताए। “यस मर्जरले प्रयोगकर्तालाई धेरै सुविधा मिल्ने हुँदा सरकारको डिजिटल नेपालको सपनालाई सहयोग पुग्नेछ,” उनले भने ।

सपनाको सुरूवात

आएमइ ग्रुपका सहसंस्थापक तथा आएमइ लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपनाको सुरुवातसँगै डिजिटल रूपान्तरको अवधारणा बनेको बताए ।

“अहिलेको मर्जरले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने मात्र नभई  डिजिटल रूपान्तरको यात्रामा हाम्रो टिमको लगाव रहने विश्वास छ,” उनले भने,”डिजिटल अभियानको यात्रामा राष्ट्र बै‌‌‌क सहकार्य गरेर अघि बढिनेछ ।”

खल्तीका यस अघिका अध्यक्ष तथा वल्डलिंक कम्यूनिकेसनका अध्यक्ष मनोजकुमार अग्रवालले दुई कम्पनी मर्जरले वित्तीय सेवा तथा डिजिटल अर्थतन्त्रको भविष्य उज्ज्वल हुने बताए । उनले भने, “वित्त समावेशीकरणको लक्ष्यले विद्युतीय कारोबार छरितो मात्रै होइन पारदर्शीसमेत बनाउनेछ।”

आइएमइ खल्ती लिमिटेडका निर्देशक प्रवीण रेग्मीले दुई वटा बजार लिडर किन मर्जर भइरहेको छ भन्ने कुरा बजारमा आउँदा तरङग पैदा भएको उल्लेख गरेँ । “तर यस मर्जरले हामी प्रतियोगिताको विजयी भन्दा पनि सहकार्य र सहयात्रीको रूपमा देशमै केही रूपान्तरण गर्न चाहन्छौँ,” उनले भने ।

आईएमइ खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन डिजिटल पहुँचलाई विस्तार गर्ने, डिजिटल साक्षरता तथा समावेशीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

आइएमइ डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष कृष्णप्रसाद शर्माले ग्राहकको प्रमाणीकरण एआइको प्रयोगद्वारा परिष्कृत रूपमा ‘खल्ती बाइ आइएमइ’ वालेटबाट कारोबार सञ्चालन गरिने बताए । उनले डिजिटल वालेट प्रणालीले छरितो र पारदर्शी मात्र नभई नोट छपाईको खर्च बचत भएको उल्लेख गरेँ।

“राष्ट्र बैङ्कको अनुसन्धान विभागले नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि ग्रामीक क्षेत्रमा विद्युतीय भुक्तानी सेवा विस्तारको विकासका लागि एउटा अनुसन्धान गर्न उनले राष्ट्र बैङ्क समक्ष अनुरोध गरेँ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×