2025-10-20

कामना सेवा विकास बैंकको वित्तीय स्वास्थ्य झनै अब्बल

काठमाडौँ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । शुक्रवार प्रकाशित विवरण अनुसार बैंकको वित्तीय प्रगति सकारात्मक देखिएको छ ।

बैंकले आफ्ना समग्र वित्तीय सूचकहरू सुदृढ बनाउँदै स्थायित्वप्रति केन्द्रित देखिन्छ । बैंकले आम्दानी, नाफा, निक्षेप सङ्कलन र कर्जा प्रवाहदेखि जोखिम व्यवस्थापनसम्ममा सन्तुलित सुधार गरेको छ । कामना सेवाले आफूलाई प्रतिस्पर्धात्मक बजारमा अझ मजबुत रूपमा प्रस्तुत गरेको छ ।

गत आवको बैंकको नाफा ९.१९ प्रतिशत वृद्धि भई ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवको चौथो त्रैमासमा बैंकले ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.२५ प्रतिशत वृद्धि भई २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ कायम भएको छ । यता, कुल सञ्चालन नाफा पनि १.९७ प्रतिशत वृद्धि भई ९८ कोड ६९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा देखिएको बढोत्तरीले नै बैंकको नाफा वृद्धिमा टेवा पुगेको हो ।

बैंकको कुल सञ्चालन नाफा पनि ४.१९ प्रतिशत बढेर २ अर्ब ६३ करोड २६ लाख रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा भने ६० करोड ७४ लाख रुपैयाँ कायम भएको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी पनि १७.३० रुपैयाँ छ । हाल बैंकको प्रतिसेयर आम्दानी भने १८.१० रुपैयाँ छ । यता, प्रतिसेयर नेटवर्क १६८.१३ रुपैयाँ छ ।

बैंकको व्यवसायमा पनि स्थिर रूपमा वृद्धि भएको देखिन्छ । समीक्षा अवधिमा बैंकको निक्षेप ६.३८ प्रतिशत वृद्धि भई ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको चौथो त्रैमासमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । यता, कर्जा प्रवाह ८.६७ प्रतिशत वृद्धि भएको देखिन्छ ।

गत आवको चौथो त्रैमासमा बैंकले कुल ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । तर, गत आवको सोही अवधिमा आइपुग्दा भने ४९ अर्ब ९६ कोड ७२लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ छ । बैंकको जगेडा तथा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ राखेको छ । हाल बैंकको खराब कर्जा ३.३८ प्रतिशत रहेको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×