2025-07-29

खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल बाहिरको ग्रह प्रणालीको जन्म देखे

‘एचओपीएस-३१५’ नामक नवजात तारामण्डलमा अत्यन्त तातो खनिजहरू ठोस बन्दै गरेको दृश्य ।

अन्तर्राष्ट्रिय खगोलशास्त्रीहरूले पहिलो पटक हाम्रो सूर्यभन्दा बाहिरका तारामण्डल वरिपरि ग्रह निर्माणको प्रारम्भिक क्षण कैद गर्न सफल भएको जनाएको छ। जेम्स वेब अन्तरिक्ष टेलिस्कोप (जेडल्लुएसटी) र अल्मा (एएलएमए) टेलिस्कोपको संयोजनले ‘एचओपीएस-३१५’ नामक नवजात तारामण्डलमा अत्यन्त तातो खनिजहरू ठोस बन्दै गरेको प्रमाण देखाएको छ। 

ब्रह्माण्डीय उत्पत्तिमा एक झलक

लिडेन विश्वविद्यालयका प्रमुख अन्वेषक मेलिसा म्याक्लुरेले भनिन्, “हामीले सूर्यबाहेकको तारामण्डल वरिपरि ग्रह निर्माण सुरु भएको सबैभन्दा प्रारम्भिक क्षण पहिचान गरेका छौं।” 

सह-लेखक तथा पर्ड्यू विश्वविद्यालयका मेरल भान ‘ट होफले यो खोजलाई ‘हाम्रो सौर्यमण्डलको शिशु कालको तस्वीर’ सरह ठहर्‍याए,  “हामी त्यस्तो प्रणाली हेरिरहेका छौं, जस्तो हाम्रो सौर्यमण्डलले निर्माणको आरम्भमै थियो।”

एचओपीएस-३१५’को विशेषता

‘एचओपीएस-३१५एउटा प्रोटो–तारा हो, जसले आफ्नो वरिपरि ग्यास र धुलोको घना छाता जस्तो डिस्क बनाउँदै आएको छ। यो डिस्क नै नयाँ ग्रहहरूको जन्मस्थल भएको अनुसन्धानकर्ताहरुले भनेका छन् ।

यद्यपि, पहिले पनि युवा डिस्कहरूमा बृहस्पति जस्तै ठूला ग्रह देखिएका थिए । तर, तिनीहरू स-सानो ठोस कणहरू वा ग्रह निर्माणका आधारभूत कणहरू वा पहिले नै बन्न थालेको अवस्था हो—यो पहिलो पटक देखिएको छ।

कसरी ठोस खनिजहरू पहिचान गरियो?

‘जेडल्लुएसटी’को इन्फ्रारेड अवलोकनले डिस्कमा सिलिकन अक्साइडको ग्याँस र क्रिस्टल दुवै रूप फेला परेको छ। उच्च तापक्रममा मात्रै जम्ने यी खनिजहरू हाम्रो सौर्यमण्डलको प्रारम्भिक अवस्थामा पनि समान स्थानमा निर्माण भएको पाइन्छ। अल्माले पुष्टि गर्यो कि यी संकेतहरू तारा वरिपरि ऐस्टेरोइड बेल्टको कक्षजस्तै एउटै सानो क्षेत्रबाट आइरहेका छन्।

यसले त्यही प्रक्रिया देखाउँछ जुन आज पनि पुराना उल्कापिण्डहरू भित्र सुरक्षित छन् । तिनिहरु सिलिकन अक्साइड क्रिस्टलहरू बोकेर हाम्रो ग्रह निर्माणको समय चलिरहँदा भन्दा पहिल्यै जमिएका थिए।

खोजको महत्त्व

यस खोजले ग्रह विकासको पहिलो चरणको अध्ययन गर्ने दुर्लभ अवसर मिलेको बताइएको छ। अनुसन्धानकर्ताहरुका अनुसार ठोस खनिजहरू जमेको दृश्यसँगै पृथ्वी जस्ता ग्रह बनेका प्रक्रियाहरु अहिले हामीले ‘एचओपीएस-३१५मा देखिरहेका छौं।

मेरल भान ‘ट होफका अनुसार, “यो प्रणाली हाम्रा सौर्यमण्डलमा भएका प्रारम्भिक प्रक्रियाहरू अध्ययन गर्ने उत्कृष्ट नमूना हो।”

ग्रह विज्ञानमा नयाँ युग

युरोपेली अल्मा कार्यक्रम प्रबन्धक एलिजाबेथ हम्फ्रीजले प्रशंसा गर्दै भनिन्, ‘जेडल्लुएसटी’ र ‘एएलएमए’को समन्वयले यस्तो प्रारम्भिक ग्रह निर्माण चरण उजागर गरेको छ। ‘एचओपीएस-३१५ले हाम्रो सौर्यमण्डल कसरी बनेका थिए भन्ने कुरा थाहा पाउन ठूलो सहयोग पुर्‍याउनेछ।”

मा अद्यावधिक गरिएको

समाचार

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

×