2025-07-29

क्यान्सर शल्यक्रियामा नयाँ प्रविधि : जीवाणुबाट ट्युमर पहिचान

क्यान्सर शल्यक्रियामा ट्युमर हटाउने प्रक्रिया अत्यन्तै चुनौतीपूर्ण रहँदै आएको छ।

विशेषतः स्तन क्यान्सरमा शल्यक्रियापछि ट्युमरको केही अंश बाँकी रहने दर ३५% सम्म पुग्ने गरेको छ । जसले पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था ल्याउँछ र पुनः क्यान्सर हुने जोखिम बढाउने चिकित्सकहरू बताउँछन्।

पूर्व-शल्यक्रिया इमेजिङ वा अल्ट्रासाउन्डले ट्युमरको सीमा स्पष्ट देखाउन नसक्ने हुँदा चिकित्सकहरू अनुभवमा भर पर्न बाध्य छन्।

यिनै चुनौतीहरूलाई समाधान गर्न कोरिया विज्ञान तथा प्रविधि संस्थान (केआएसटी) का डा. सुङबिउम सुह र डा. सेहुन किम तथा चुङनाम राष्ट्रिय विश्वविद्यालय अस्पतालका प्राध्यापक ह्यो-जिन लीको संयुक्त अनुसन्धान टोलीले नयाँ प्रविधि विकास गरेका छन्।

उनीहरूले ट्युमरको स्थानमा मात्र उज्यालो दिने विशेष जीवाणु तयार गरेका छन्, जसले शल्यक्रियाको क्रममा ट्युमरलाई नक्सामा देखिने भवनजस्तै चम्काइदने सोध एडभान्स मटेरिलयल जर्नलमा प्रकाशन गरेका छन् ।

डा. सुहले भने, “यो अध्ययनले ट्युमरको स्थान स्वतः पहिचान गरी उज्यालो संकेत दिने जीवाणु प्रविधिको सम्भावना देखाएको छ। विभिन्न प्रकारका ट्युमरमा यसको प्रयोग सम्भव भएकाले यो प्रविधि सटीक शल्यक्रियाको नयाँ मानक बन्न सक्छ।”

जीवाणुबाट ट्युमरको वास्तविक पहिचान

अनुसन्धान टोलीले यस्तो जीवाणु प्रणाली विकास गरेका छन्, जुन ट्युमरको वातावरणमा सक्रिय हुन्छ र ७२ घण्टासम्म स्थिर उज्यालो संकेत दिन्छ। यो प्रविधिले जटिल अंगभित्रको ट्युमर पनि स्पष्ट देखाउन सक्छ, जसले शल्यक्रिया सजिलो बनाउने अनुसन्धानकर्ताहरूले भनाइ छ।

शल्यक्रियाबाट प्राप्त फ्लोरेसेन्ट इमेजिङ परिणामहरू जनावर मोडेलमा परीक्षण गरिएको । स्रोत: केआएसटी

विविन्न ट्युमरमा प्रयोग सकिने

परम्परागत एजेन्टहरू विशिष्ट क्यान्सरका लागि छुट्टै विकास गर्नुपर्ने हुन्छ  । यो प्रणालीले ट्युमरको सामान्य वातावरणीय विशेषता—अक्सिजनको कमी र प्रतिरक्षा प्रणालीबाट बच्ने क्षमता—लाई प्रयोग गर्छ।

यसको उज्यालो क्षमता परम्परागत एजेन्टको तुलनामा पाँच गुणा बढी छ र यो निकट-इन्फ्रारेड स्पेक्ट्रममा काम गर्छ, जसले अस्पतालमा प्रयोग हुने उपकरणहरूसँग सजिलै मिल्न सक्छ।

भविष्यको योजना : उपचार र औषधि वितरणमा पनि प्रयोग

अनुसन्धान टोलीले यो जीवाणु प्रणालीलाई एकीकृत क्यान्सर उपचार प्रणालीमा विस्तार गर्ने लक्ष्य राखेका छन्। यी जीवाणुहरूलाई औषधि वा उपचारात्मक प्रोटिन बोक्ने माध्यमका रूपमा पनि प्रयोग गर्न सकिनेछ।

ट्युमरको स्थान स्वतः पहिचान गर्ने यी जीवाणुहरूलाई औषधि वा उपचारात्मक प्रोटिन बोक्ने माध्यमका रूपमा पनि प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।

मा अद्यावधिक गरिएको

समाचार

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

×