2025-07-29

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्ने सरकारको प्राथमिकता भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताए । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विस. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि स्पष्ट पारे ।

नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको जवाफ थियो । 

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रूपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए ।

“वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजना अन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ,”  उनले भने, “जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।’’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने आफ्नो अठोटमा आफू स्पष्ट रहेको बताउँदै, तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिएका छन् ।

मा अद्यावधिक गरिएको

समाचार

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

९१ प्रतिशत नयाँ नवीकरणीय परियोजनाहरू जीवाश्म इन्धनको नयाँ विकल्पभन्दा ‘सस्तो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

×