2025-07-29

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

ओकानागन, क्यानाडा – युबीसी ओकानागनका रसायनशास्त्रीहरूले जैविक उत्प्रेरक एन्जाइम1 बारेको पारम्परिक बुझाइमा पुनः सोच गर्न बाध्य पार्ने नयाँ खोज सार्वजनिक गरेका छन्। 

वैज्ञानिकहरूले शरीरभित्रको एउटा महत्त्वपूर्ण एन्जाइमले क्वान्टम कूलोम्बिक इन्टरएक्शन2 नामको सूक्ष्म शक्ति प्रयोग गरेर अस्थिर र खतरनाक अणुहरूलाई नियन्त्रित गरेको देखाएका छन् ।

एन्जाइमहरू जीवित प्राणीका सबै जैविक प्रक्रियाको मूल चालक मानिन्छन्। यिनले जीवनको लागि अत्यावश्यक अणुहरू बनाउँछ र अनावश्यक वा हानिकारक अणुहरूलाई नष्ट गर्छ। 

तर केही रेडिकल एन्जाइमहरू भने अत्यन्त अस्थिर अणु—फ्री रेडिकल3—उत्पादन गर्छन्, जसले क्यान्सर, अटोइम्युन4 र न्युरो डिजेनेरेटिभ 5रोगहरू उत्पन्न गर्न सक्छन्।

युबीसीका पीएचडी शोधार्थी होसेन खालिलियनको नेतृत्वमा गरिएको अध्ययनमा वाइपरिन नामक एन्जाइमको अध्ययन गरिएको थियो। वाइपरिनले भाइरसविरुद्धको प्रतिरक्षा प्रतिक्रिया सशक्त बनाउँछ। 

कम्प्युटर सिमुलेसनमार्फत वैज्ञानिकहरूले पत्ता लगाएअनुसार यो एन्जाइमले क्वान्टम कूलोम्बिक बल प्रयोग गरेर रेडिकललाई स्थिर बनाउने काम गर्छ—ठीक त्यसबेला आवश्यक प्रतिक्रिया गराउनुपर्छ।

खालिलियनका अनुसार, यो बल “चुम्बकीय शक्ति” जस्तै हो, जसले रेडिकललाई हल्का तर पर्याप्त ताकतले रोक्छ। यदि यी बलहरू नहुने हो भने रेडिकलहरू धेरै अस्थिर भई हानिकारक असर पार्न सक्छन्।

यो अनुसन्धान प्रतिष्ठित जर्नल अफ दि अमेरिकन केमिकल सोसाइटीको आवरणमा प्रकाशित भएको छ। अनुसन्धान प्रमुख डा. जिनो डिलाबियोले अन्य एन्जाइमहरूमा पनि यस्ता क्वान्टम बलहरूको भूमिका छ कि भनेर अब थप अध्ययन भइरहेको  बताए ।

“यदि प्रकृतिले यस्ता शक्तिहरू प्रयोग गरेर रेडिकललाई नियन्त्रण गर्छ भने, हामी पनि औषधि र बायोटेक्नोलोजीमा सुरक्षित तथा प्रभावकारी तरिकाले यस्ता प्रक्रिया अपनाउन सक्नेछौं,” डा. डिलाबियो भने।

उनका अनुसार यो खोजले एन्जाइमको दुनिया हेर्ने दृष्टिकोण नै बदल्न सक्ने र वैज्ञानिकहरूलाई जीवनको सूक्ष्म रहस्यहरूको नयाँ झ्याल खोलिदिनेछ ।

  1. एन्जाइम भनेको एक प्रकारको प्रोटीन हो जुन शरीरमा हुने जैविक (बायोलोजिकल) तथा रासायनिक प्रक्रियाहरूलाई छिटो, सजिलो र प्रभावकारी बनाउने काम गर्छ। यिनलाई सामान्य भाषामा जैविक उत्प्रेरक पनि भनिन्छ। ↩︎
  2. क्वान्टम कूलोम्बिक इन्टरएक्शन भनेको दुई चार्ज भएका कणहरू—जस्तै इलेक्ट्रोन र प्रोटोन—बीच हुने विद्युत् आकर्षण वा प्रतिकर्षण बल हो, जुन क्वान्टम स्तरमा काम गर्छ। यो बलले अणुहरूभित्रका अति साना कणहरूलाई स्थिर राख्न मद्दत गर्छ। उदाहरण: वाइपरिन एन्जाइमले भाइरसविरुद्धको प्रतिक्रिया दिने क्रममा फ्री रेडिकल उत्पादन गर्छ। ती रेडिकलहरू अत्यन्त अस्थिर हुन्छन्। ↩︎
  3. फ्री रेडिकल भनेको यस्तो अणु वा परमाणु हो जसमा एक जोडी नमिलेको इलेक्ट्रोन हुन्छ। यही कारणले गर्दा यी अणुहरू अत्यन्तै अस्थिर र प्रतिक्रियाशील हुन्छन्। ↩︎
  4. अटोइम्युन रोग भनेको यस्तो अवस्था हो जहाँ शरीरको प्रतिरक्षा प्रणालीले गल्तीले आफ्नै स्वस्थ कोशिका, तन्तु वा अंगहरूलाई वाहिरी वस्तु ठानेर आक्रमण गर्छ। ↩︎
  5. न्युरो डिजेनेरेटिभ रोग भन्नाले यस्तो रोगलाई जनाइन्छ जसमा मस्तिष्क र स्नायु प्रणालीका कोशिकाहरू क्रमशः नष्ट हुँदै जान्छन्। यी रोगहरू बिस्तारै विकसित हुन्छन् र समयसँगै स्मरण शक्ति, चल्ने क्षमता, बोल्ने शैली, सोच्ने क्षमता आदि प्रभावित हुन थाल्छ। ↩︎

मा अद्यावधिक गरिएको

समाचार

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

९१ प्रतिशत नयाँ नवीकरणीय परियोजनाहरू जीवाश्म इन्धनको नयाँ विकल्पभन्दा ‘सस्तो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

९१ प्रतिशत नयाँ नवीकरणीय परियोजनाहरू जीवाश्म इन्धनको नयाँ विकल्पभन्दा ‘सस्तो’

×