
काठमाडौं, १२ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुदैछ।
काठमाडौँ आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी हुने विश्वास व्यक्त गरेकी छन्। उनले भनिन्, “यस वर्षको नाइमा मोबिलिटी एक्सोमा बिक्री भएको टिकटको पाँच प्रतिशत अनुसन्धान तथा छात्रवृत्तिका लागि सहयोग गरिनेछ ।”
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र व्यवसायक तालिम परिषद्को सहकार्यमार्फत विद्रयार्थीहरूलाइ मोबिलिटी विषयमा छात्रवृति प्रदान गरिने अध्यक्ष वैद्यले जानकारी गराइन।
मुख्य विशेषताहरू
- ५० भन्दा बढी ब्राण्डहरूको सहभागिता: प्यासेन्जर, दुईपाङ्ग्रे, र व्यावसायिक सवारीसाधनहरू सहित।
- ३५ नयाँ सवारीसाधनको सार्वजनिक प्रदर्शन: १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे, र ५ व्यावसायिक गाडीहरू।
- विद्युतीय सवारीसाधन र नवीनतम प्रविधिको प्रदर्शनी: दिगो र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रस्तुत गरिने।
कार्यक्रमका मुख्य वक्ताहरू
- उद्घाटन सत्रमा अनिल केशरी शाह द्वारा “मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र।
- अन्य सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशनका विज्ञहरूको सहभागिता।
- मेडिकल पार्टनर: फ्रन्टलाइन हस्पिटल (२४ घण्टा सेवा)
टिकट र पुरस्कार
- खल्ती बाई आईएमई मार्फत टिकट उपलब्ध।
- टिकट बिक्रीबाट संकलित रकमको ५% छात्रवृत्ति तथा अनुसन्धानमा खर्च गरिनेछ।
- अनलाइन भिडियो प्रतियोगिता: उत्कृष्ट भिडियोहरूलाई नगद पुरस्कार प्रदान गरिने।
- राइड पार्टनर: पठाओ (३०% छुट)
कार्यक्रममा अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने र अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था गरेको बताए ।
उनले यसपालि नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि दिए। प्रर्दशनीमा १५ दुई पाग्रे, १५ चार पाङ्ग्रे, र ५ कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी गराईयो ।
एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
मूख्य प्रायोजक संस्थाहरू – एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमूख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाएका छन्।
एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ। राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ ।
योसँगै प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख प्रदान गरिनेछ । त्यस्तै, श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येक लाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने छ ।
प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म “मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र संचालन गर्नेछ । त्यस्तै, अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अर्न्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिती रहने जनाएको छ ।
नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले संचालन गरेका थिए भने कार्यक्रममा अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले उद्घाटन मन्तव्यमा एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिएका थिए।
Leave a Reply