2025-07-30

फुर ग्याल्जे शेर्पा (फुर्वा) ले पर्वतारोहण सङ्घका अध्यक्ष पदका लागि गरेँ उम्मेदवारी घोषणा, ‘एकता, संरक्षण र विकास’ मा काम गरिने

काठमाडौं  । पर्यटन व्यवसायी फुर ग्याल्जे शेर्पा (फुर्वा)ले नेपाल पर्वतारोहण सङ्घका अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आगामी भदौ ७ गते हुने आसन्न निर्वाचनमा पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्वर्द्धनका लागि उम्मेदवारी दिने निर्णय गरेको बताए। उनले भने, ‘एकता, संरक्षण र विकास’ पर्वतीय समुदायको साझा आवाजका लागि उम्मेदवारी दिनेछु।”

दिगो पर्यटन, हाम्रो पहिचान, साझा नेतृत्व तथा भविष्यका लागि पर्वतारोहण तथा पर्यटन क्षेत्रमा विस्तृत परियोजना बनाएर काम गर्ने उनले उल्लेख गरे ।

“नेपालको पर्यटन र प्रवर्तनका लागि पर्वतारोहीको अहम् भूमिका हुँदा पनि राज्यले उचित पहल गरेन,” उनले भने, “हिमाल र हिमाली क्षेत्र तथा सो क्षेत्रका पेशाकर्मीको हकहितका लागि नेपाल सरकारसँग समन्वय गरेर समाधान खोज्नेछु।”

पर्वतारोहण पर्यटकीय विश्वविद्यालयको अवधारण

“नेपालमा पर्वतारोहण पर्यटकीय विश्वविद्यालयको प्रचुर सम्भावना छ, त्यसलाई विस्तृत अध्ययन गरेर अगाडि बढाइनेछ,” उनले भने ।

“हामी कहाँ पर्वतारोहण पर्यटनसम्बन्धी अध्ययन तथा अनुसन्धानको राम्रो व्यवस्था नहुँदा अन्यत्र पढ्न जान पर्ने अवस्था छ,” उनले भने, “भारत र तिब्बतमा नेपालका पर्वतारोहीले तालिम दिन्थे तर अहिले अवस्था फेरिएको छ । उनीहरूको आधुनिक प्रविधिको भरपुर प्रयोग गर्छन् । हाम्रा पर्वतारोहीले उनीहरूबाट सिक्न पर्ने अवस्था छ।वितेका पाँच दशकमा हामीले अहिलेसम्म काम गर्न सिक्यौ! तर संसारको पुग्नै पर्ने गन्तव्यमा नेपालका हिमाली क्षेत्र पर्दछ तर यहाँ हामीले व्यवस्थित गर्न सकेका छैनौँ।”

हाल  थामे, कोङबुचे, मनाङ, पोर्चे लगायतका स्थानमा पर्वतारोहणसम्बन्धी तालिम केन्द्र छन्, नभएका भने होइनन् तर पर्वतारोहण सघंले अन्तर्राष्ट्रिय तालिम केन्द्रको रूपमा विकास गरी विदेशीलाई नेपालमा ल्याउन भने नसकेको उनको भनाई छ।

स्थानीय क्षेत्रमा उद्गारसम्बन्धी तालिम

हिमाली क्षेत्रमा मौसमी परिवर्तनले वर्षेनी पर्वतारोहीले विपद्को सामना गर्नु पर्दछ । खराब मौसमका बेला समयमा उद्गार हुँदैन । यदि उद्गार गर्न पनि हेलिकप्टर समय जान सकिँदैन त्यसका लागि स्थानीय स्तरमै रेस्कू टिम तथा उपकरण राख्न पहल गर्ने उनले योजना सुनाए ।

वातावरण तथा हिमाली पर्यावरण जगेर्ना

नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा राजधानीका कार्यक्रममा चर्चा हुने गरेको पाइन्छ। तर विशेष रूपमा हिमाली क्षेत्रमा काम हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरेँ । उनले भने, “यदि म अध्यक्ष निर्वाचित भए भने वातावरणीय क्षेत्रमा काम गर्ने संस्थाहरूसँग समन्वय गरेर हिमाली क्षेत्रमा काम गर्न पहल गर्नेछु ।”

“जलवायु परिवर्तनका कारण हिम गलन तथा हिमताल विस्फोट बढ्दै गएको छ, यसका लागि अन्तर्राष्ट्रिय पहल गरिनेछ,” उनले भने ।

आरोही कल्याणकारी कोषलाई मजबुत बनाउने

“आरोहीहरूको हकहित संरक्षणका लागि र आपतकालिन उद्धारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गरिनेछ,” उनले भने,”कल्याणकारी कोष प्रभावकारी बनाउन २० लाख सहयोग गर्नेछु ।”

त्यस्तै नुवाकोटको ककनी भएको १४५ रोपनी जग्गा अहिले थोरै मात्र प्रयोग भएको छ त्यसलाई माउन्टेन मोमोरियल पार्कको रूपमा विकास गर्न सकिने बताए ।

पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय थप ‘बोटानिकल गार्डेन’ पनि समावेश गर्दा त्यहाँका विद्यार्थी तथा पर्यटकलाई थप सुविधा हुने उनले सुनाए ।

विशेषगरी कीर्तिमानी आरोहीहरूलाई विमानस्थलमा विशेष सुविधा मिलाइनेछ, उनले भने, “अहिले विश्व कीर्तिमानी आरोही बन्नु चानचुने कुरा होइन, कतिपयले गिनिजबुक अफ वल्ड रेकर्ड राखेका छन् । उनीहरूको सम्मानका लागि भिआइपी कक्षबाटआवतजावतमा व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे।

फुर  ग्याल्जे शेर्पा (फुर्वा) को हुन् ?

फुर  ग्याल्जे शेर्पा  (फुर्वा), सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका हुन् । उनको सानै देखि सगरमाथा चढ्ने सोख: थियो । तर सगरमाथा चढ्ने सोच उनका मातापिताका असहमतिका कारण पुरा हुन सकेन । तैपनि ६ हजार मिटरका साना हिमाल भने उनले चढेका छन् । परिवारको एक्लो सन्तान भएका कारणले उनले सगरमाथा चढ्न नपाएको सुनाए ।

उनले वि.स. ०४७ देखि ०५० सम्म पत्रकारितासमेत गरेको अनुभव सुनाए । ट्रेकिङ र पर्वतारोहण पर्यटनसम्बन्धी क्षेत्रमा उनले तीन दशक बिताएका छन् । फुर्वाले पर्वतारोहण सङ्घको सदस्य, पर्यटन बोर्डको सदस्य, नेपाल एयरलाइन्स र पर्वतारोहण सङ्घमा विदेश विभाग प्रमुखको रूपमा उनले काम गरिसकेका छन् ।

पर्वतीय पर्यटनमा ऊर्जा व्यथित गरेका उनले यस अघिका सङ्घका अध्यक्षको प्रशंसा गर्दै, उनले भने, “साथीहरूले मलाई सहयोग गर्ने बाचा गर्नु भएको छ, अबको ऊर्जा देश र पर्वतारोहण क्षेत्रलाई मजबुत बनाउन लाग्नेछु । “

मा अद्यावधिक गरिएको

समाचार

अंटार्कटिक समुद्रमा ‘एन्टिबायोटिक रेजिस्टयान्स’ भेटियो

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

अंटार्कटिक समुद्रमा ‘एन्टिबायोटिक रेजिस्टयान्स’ भेटियो

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुँदै,  सहभागीले एक लाख जित्न सक्ने

जीवनको अर्थबारे मनोविज्ञान र दर्शनमा नयाँ मोडल: वासेदा विश्वविद्यालय

जंगलमा विविधता ह्रास: ९६ वर्षको तथ्यांकले देखायो गम्भीर परिवर्तन

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

क्वान्टम शक्ति प्रयोग गरेर एन्जाइमले खतरनाक रेडिकललाई नियन्त्रण गर्ने अद्भुत तरिका पत्ता लाग्यो

युुवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, सरकारको प्राथमिकता:  प्रधानमन्त्री

वर्षेनी ३२ करोड रुख चट्याङका कारण नष्ट हुने: अध्ययन

×