2025-08-10

लिपमोटर ‘बि टेन’ को स्रिक प्रिभ्यू , नाइमा मोविलिटी एक्स्पोमा प्रदर्शन गरिने

काठमाडौँ । नेपालमा लिपमोटर गाडीको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्सले लिपमोटर बि टेन (बि १०) को  ‘स्त्रिक प्रिभ्यू’ गरेको छ ।

काठमाडौँ आज आयोजित लिपमोटर बि १० को ‘स्त्रिक प्रिभ्यू’ उत्तरढोकास्थित साङ्ग्रिला मोटर्सको शोरूममाको गरेको हो।

स्त्रिक प्रिभ्यू कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गरेका छन् । यसले नेपाली इभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको छ ।

लिपमोटर बि १० को औपचारिक लन्च तथा प्राईस रिभिल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ। यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा श्रावण २१-२५ गते (अगस्ट ६-१०) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।

साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले आजको स्निक प्रिभ्यू कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र भएको बताए ।

‘डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर ‘बि टेन’ साँच्चिकै ‘पर्फेक्ट १०’ हो । हामी यसलाई सार्वजनिक रूपमा नाइमा एक्स्पोमा प्रस्तुत गर्न उत्साहित छौँ र यसले नेपाली ग्राहकको इभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं,” उनले भने ।

गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ । पुजो, सिट्न र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ।

मूल्य कति?

बि टेनको मूल्य भने नाइमा मोविलिटी प्रदर्शनीमा हुनेछ । यद्यपि, लिपमोटर बि टेनको मूल्य रु. ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ।

रंग तथा विशेषता

यो स्टारनाइट ब्लु, लाइट्निङ ह्वाइट, ग्यालेक्सी सिल्भर, मेटालिक ब्लाक, मर्निङ ड्यु पर्पल, स्काइफल ग्रे र टुन्ड्रा ग्रे गरी सात कलरमा उपलब्ध छ ।

बी १० को विशेषता भनेको यसमा उपलब्ध लिडार प्रविधिमा आधारित स्वचालित ड्राइभिङ प्रणाली हो। उच्च संस्करणहरूमा १२८ लाइनको हेसायी लिडार, तीनवटा तरंग राडार, दुई अगाडि फर्किएका ८ मेगापिक्सेल क्यामेरा र ३६० डिग्री दृश्य दिने प्रणाली समावेश छन्। यी सबै प्रविधिहरू क्वालकम स्न्यापड्रागन राइड ८६५० चिपमा आधारित छन् । यी सुविधाले चालकलाई स्मार्ट सहायता प्रदान गर्नेछ।

यसमा जडित १६० किलोवाट क्षमताको मोटरले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमै दिन सक्षम बनाउँछ।

बी १० मा उपलब्ध दुई फरक ब्याट्री विकल्पले ५१० किलोमिटर र ६०० किलोमिटरको यात्रा दूरी गर्ने उल्लेख छ । यसमा जडिट फास्ट चार्जिङ सुविधाले  ३० देखि ८० प्रतिशत चार्ज हुन २० मिनेट लाग्नेछ।

मा अद्यावधिक गरिएको

समाचार

जङ्गलको डढेलोबाट प्रदूषण कसरी तीव्र बनाउँछ?

निउको आरक्युआई स्पोर्ट विद्युतीय बाइक नेपालमा

मेगा मनसुन सर्भिस क्याम्प सुरू

युनेस्को नेपालका प्रतिनिधि तोई र ललितपुर महानगरपालिकाका मेयर महर्जनबीच भेट

विद्युतीय स्कुटरको अवलोकन गर्दै विद्यार्थी प्रसिद्धराज दाहाल

यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि टिकटकले नेपालमा सुरु गर्यो ‘सर्च गाइड’

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

जङ्गलको डढेलोबाट प्रदूषण कसरी तीव्र बनाउँछ?

निउको आरक्युआई स्पोर्ट विद्युतीय बाइक नेपालमा

मेगा मनसुन सर्भिस क्याम्प सुरू

युनेस्को नेपालका प्रतिनिधि तोई र ललितपुर महानगरपालिकाका मेयर महर्जनबीच भेट

विद्युतीय स्कुटरको अवलोकन गर्दै विद्यार्थी प्रसिद्धराज दाहाल

यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि टिकटकले नेपालमा सुरु गर्यो ‘सर्च गाइड’

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

×