नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, साउन १५ – पारामाउन्ट मोटर्सले नेपालमा मोरिस ग्यारेज (एमजी) आइएम सिक्स’ विद्युतीय गाडी सार्वजनिक गरेको छ।

काठमाडौँमा आज आयोजित समारोहमा ‘एमजी आइएम सिक्स’को सार्वजनिक गरेको हो। एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले यसलाई नेपालको पहिलो इन्टिलिजेन्स प्रिमियम इलेक्ट्रिक अर्वान एसयुभी’ को रूपमा चित्रण गरेको छ।

विशेषगरी सहरी क्षेत्रका उपभोक्ता लक्षित गरिएको आइएम सिक्समा पार्किङ, ट्राफिक नेभिगेसन, र स्मार्ट रुटिङ जस्ता सुविधा यसमा समावेश छन्। साथै, स्वतन्त्र ‘एआइ पावर्ड’ प्रणाली जसले ड्राइभिङ अनुभवलाई सहज, सुरक्षित र स्मार्ट बनाउने कम्पनीले उल्लेख गरेको छ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रले’एमजी आइएम सिक्स’लाई नेपालमा प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेको बताए। उनले भने, “यसमा जडित प्रविधि ‘कृत्रिम बुद्धिमत्ता’ (एआइ) द्वारा सहायताले आरामदायी अनुभूति दिनेछ । यो नेपालको स्मार्ट ड्राइभिङको भविष्य हो।”

यो एसयुभी चिनियाँ अटो उद्योगका ठुला समूह एसएआइसी मोटर, अलिबाबा ग्रुप र ह्यान्जिङ हाईटेकको संयुक्त लगानीमा स्थापना भएको आइएम मोटर्स द्वारा निर्माण गरिएको हो।

आइएम सिक्समा उत्कृष्ट सराउन्ड साउन्ड सिस्टम र त्रिकोण स्क्रिन सेटअप जस्ता लक्जरी विशेषताहरू रहेका छन्। यसमा २१६ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ, जसले अधिकतम ४५० एनएम टर्क प्रदान गर्छ।

कम्पनीका अनुसार गाडीमा ७५ किलोवाट-आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ५ सय किलोमिटरसम्मको दायरा एक पटकको चार्जमा पार गर्न सक्छ।

यसको मुल्यमूल्य मूल्य रु ७४ लाख ९९ हजार पर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×