जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

अमेरिकास्थित जन्स हप्किन्स विश्वविद्यालयका शोधकर्ताले पहिलोपटक मानव मस्तिष्कका सम्पूर्ण भाग समेटिएको ‘मस्तिष्क ’ तयार गरेका छन् ।

यस अनुसन्धानले अटिज्म, स्किजोफ्रेनिया लगायत समग्र मस्तिष्कमा असर पर्ने रोगहरूको अध्ययनमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको छ ।

जन्स हप्किन्स विश्वविद्यालयको बायोमेडिकल इन्जिनियरिङ विभागकी सह–प्राध्यापक एनी कथुरियाको नेतृत्वमा गरिएको शोधमा मस्तिष्कका विभिन्न भागजस्तै कोर्टेक्स, मिडब्रेन, र हिण्डब्रेनका कोशिकाहरुलाई छुट्टाछुट्टै प्रयोगशालामा एकसाथ जोडिएको छ ।

यी भागहरूलाई ‘बायोलोजिकल सुपर–ग्लु’ अर्थात् प्रोटिनको सहायताले जोड्दा तिनीहरूले आपसमा विद्युतीय गतिविधि देखाउन थालेका छन् ।

गर्भमा ४० दिनको भ्रूण जस्तै संरचना

शोधमा बनेको ‘मल्टि–रिजन मिनी ब्रेन अर्गेनोइड’मा मानव भ्रूणको प्रारम्भिक ४० दिनको मस्तिष्कजस्तै ८० प्रतिशतसम्म कोशिकाका प्रकार देखिएको छ ।

यद्यपि आकारमा वास्तविक मानव मस्तिष्कभन्दा सानो ६ देखि ७० लाख न्युरोनहरु समेटिएको मस्तिष्क विकासको अध्ययनका लागि नयाँ अवसर प्रदान गर्नेछ।

शोधकर्ताले प्रारम्भिक रक्त–मस्तिष्क अवरोध (ब्लड ब्रेन ब्यारीयर)को निर्माण पनि देखिएको बताएका छन् । जसले मस्तिष्कमा प्रवेश गर्ने अणुहरूमा नियन्त्रण गर्छ । यसले रक्त–मस्तिष्क अवरोधको प्रारम्भिक संरचना पनि देखिएको छ।

साथै, नयाँ औषधिको परीक्षणमा सहयोग हुने बताइएको छ ।कथुरियाका अनुसार, हामी मानव कोशिकाबाट बनेका नमुनाहरू प्रयोग नगरेसम्म अटिज्म वा अन्य मानसिक रोगहरू बुझ्न सक्दैनौँ।

मस्तिष्क अङ्ग प्रयोग गर्दा कुनै रोग कसरी विकसित हुन्छ हेरिएको छ । यसमा उपचारको प्रभाव हेर्न सकिन्छ र भविष्यमा व्यक्ति अनुसार उपचार गर्न मिल्ने सम्भावना रहेको छ ।

यस्तो नमूनामा औषधिको परीक्षण गर्दा परीक्षणको सफलता दर बढ्ने आशा गरिएको छ । हाल करिब ९० प्रतिशत औषधिहरू प्रायः प्रारम्भिक परीक्षणमा असफल हुन्छन् भने मानसिक रोगको औषधिमा त्यो दर अझै ९६ प्रतिशतसम्म रहेको छ ।

“यस अनुसन्धानको सफलताले समग्र मस्तिष्कसम्बन्धी रोगका लागि नयाँ दिशा दिनेछ,” कथुरियाले भने, “स्किजोफ्रेनिया, अटिज्म वा अल्जाइमरजस्ता रोगहरू सम्पूर्ण मस्तिष्कमा असर गर्छन् । प्रारम्भमै के बिग्रन्छ भन्ने बुझ्न सकेमा नयाँ औषधिको लक्ष्य पहिचान गर्न सकिन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×