नाडा अटो शो भविष्यको नविन प्रविधिमा फोकस हुनेछ- अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स अफ एसोसिएसन नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले नवप्रवर्तन् र भविष्य लिंक हुने अटो शो रूपमा देखाउन चाहेको बताएका छन्। 

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरी यस्तो बताएका हुन् । 

यो वर्ष नाडा अटो शो आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डको प्रदर्शनी स्थलमा हुनेछ। 

अध्यक्ष चौधरीले भने,‘ नाडा अटो शो २०२५ प्रविधि, विजनेश र संस्कृतिको नवीन संयोजन हुनेछ ।’

त्यस्तै, उनले अहिलेसम्मकै एतिहासिक अटो शो गर्न लागिएको बताए । मोबिलिटी र प्रविधि व्यासाय केहो भनेर आभाष दिलाउन चाहेको उनको भनाइ छ ।

‘नाडा प्रदर्शनी मात्र होइन, अटो व्यवसायीहरुको चाड हो । हामीले हेरक वर्ष निकै हर्षउल्लासका साथ मनाउने गरेका छौं’, उनले भने, ‘यो अटो शो नेपालीको शो हुने र दुरदर्शी सोचलाई आत्मसाथ गरिनेछ।’

उनका अनुसार यसपालिको अटो शोमा मोबिलिटीको आगामी भविष्य कस्तो बनाउने, कसरी अंगाल्ने भन्ने विषय महशुस हुनेछ। 

‘यस वर्षको नाडा अटो शोमा आमूल परिवर्तन र प्रविधिकको प्रयोग देख्न पाइनेछ’, उनले भने, यो देशले इलेक्ट्रिफेक्शनलाई यति छिटो र मजबुतीका साथ अंगाल्छ भनेर कसैले परिकल्पना गरेका थिएन । त्यसकारण, यसपालिको अटो शो पनि भिन्न गर्न खोजिएको छ । प्रविधि, संस्कृती र अटोमोबाइलको आगामी भविष्यसहित नयाँ शैलीमा प्रदर्शनी हुनेछ ।’

उनका अनुसार ३ लाख वर्गफुट क्षेत्रपलल र १ लाख ६२ हजार वर्गफुट प्रदर्शनी क्षेत्रसहितको यो नेपालकै ठुलो अटो शो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×