नक्सालमा चेतकको शोरूम ‘स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन’ सुभारम्भ

काठमाडौं । नक्सालमा चेतकको पहिलो शोरूम ‘स्टेट अफ द आर्ट एक्सपेरियन्स जोन’को सुभारम्भ गरेको छ। बजाज अटो लिमिटेडले नेपालमा बजाज टु व्हिलर सवारी साधनहरूको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँगको सहकार्यमा सुभारम्भ भएको हो ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा तथा कम्पनीका वरिष्ठ अधिकारीहरू र बजाज अटोका प्रतिनिधिहरूद्वारा साउन २० गते शोरूमको उद्घाटन गरेें ।

१,८०० वर्गफुटमा फैलिएको यो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र ईभी अनुभव प्रदान गर्ने गरी तयार गरिएको हो, जसअन्तर्गत शोरूममै टेस्ट राइड र तुरुन्तै बुकिङ सुविधा, नक्साल शोरूममै रहेको चेतक-विशेष सर्भिस सेन्टर, अन्तरक्रियात्मक उत्पादन प्रदर्शन र ईभी विशेषज्ञहरूसँग परामर्श, लाइभ चार्जिङ डेमो र लाइफस्टाइलबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरणअनुकूल लाइटिंग र डिजिटल इन्टरफेस रहेका छन् ।

यो एक्सपेरियन्स जोनले चेतक ब्रान्डको नवप्रवर्तन मात्र होइन, सोही स्थानमै सुलभ रूपमा उपलब्ध सर्भिस सेन्टरमार्फत बिक्रीपछि पनि उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। चेतक ब्रान्डको प्रिमियमनेसलाई झल्काउने यो जोनले नेपालमा गतिशीलताको लागि उपभोक्ता सम्पर्क बिन्दुहरू बढाउने दिशामा एक साहसिक कदम हो।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यो विशेष शोरूम हाम्रो ग्राहकहरूको लागि विद्युतीय सवारी साधनलाई सुलभ, सहज र प्रभावकारी बनाउन गरिएको प्रतिबद्धताको प्रतिविम्ब भएको बताए।

‘हामी चाहन्छौं, यहाँ आउनुहुने हरेक व्यक्तिले चेतक ईभीको समय सापेक्ष डिजाइन, भरपर्दो प्रदर्शन, र दिगो भविष्यप्रतिको वाचा महसुस गर्न सकून्,’ उनले भने ।

उद्घाटन कार्यक्रममा ईभीप्रेमी, ग्राहक, र मिडिया प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो, जसले बजाजको शहरी यात्राका लागि तयार पारिएको नयाँ विद्युतीय स्कूटर चेतक ३५०१ अनुभव गर्न उत्सुक थिए।

चेतक ३५०१ ले क्लासिक रेट्रो डिजाइनलाई अत्याधुनिक विद्युतीय प्रविधिसँग जोडेर एक नयाँ स्तरको अनुभव प्रदान गरेको छ। यसको प्रमुख विशेषताहरूमा एआरएआइ प्रमाणित १५३ किमीको रेन्ज, सबै मौसममा भरपर्दो आइपी ६७ प्रमाणित फुल-मेटल बडी, ५ इन्चको स्मार्ट टीएफटी टचस्क्रिनमा नेभिगेसन, फोन कल र म्युजिक कन्ट्रोल सुविधा समावेश छन्।

साथै, की-लेस एक्सेस, रिमोट इम्मोबिलाइजेसन, एन्टि-थेफ्ट अलर्ट र दुर्घटना पहिचान जस्ता सुरक्षा सुविधाहरू उपलब्ध छन्।

टू-व्हीलर ईभी सेग्मेन्टमा सबैभन्दा ठूलो ३५ लिटरको अन्डरसिट स्टोरेज र ३ घण्टाभित्र ०–८० प्रतिशत चार्ज गर्ने क्षमता समेत यसका उत्कृष्ट विशेषतामा पर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×