
तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमनदी गलन सम्बन्धी गम्भीर जलवायु संकटबारे सम्बोधन गर्दै विश्व समुदायलाई न्यायपूर्ण र ठोस कदम चाल्न आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली हिमनदीका पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी साइड इभेन्टलाई सम्बोधनक्रममा यस्तो बताएका हुन ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने, “जब म सानो थिएँ, मेरो गाउँबाट सेता हिमालहरू देखिन्थे। अहिले मेरो कपाल सेतो हुँदै जाँदा ती हिमालहरू कालो ढुंगामा परिणत हुँदैछन्। हामीले गल्ती गरेका होइनौं, तर अरूको कर्मको परिणाम हामी भोगिरहेका छौं।”
प्रधानमन्त्री ओलीले सम्बोधनको अन्त्यमा भने, “मसँग आशा छ। हामीले हिमालय बचाउन सक्नेछौं। कम्तीमा पग्लने गति घटाउन सक्नेछौं। यसका लागि नेपाल साँझेदारी तथा काम गर्न तयार छ । “
‘नेपालमा कार्बन उत्सर्जन नगण्य भए पनि जलवायु परिवर्तनको असर अत्यधिक छ उनले भने,’ ‘हिमनदी पग्लँदा जलस्रोत, जीविकोपार्जन, कृषि, पर्यटन, जलविद्युत् र जैविक विविधता जोखिममा छन्।
हालै २०८२ असार २३ गते रसुवाको लेन्दे खोलामा हिमताल विस्फोट हुँदा नेपाल–चीन जोड्ने पुल बगाएको र २० जनाको मृत्यु भएको घटनालाई प्रधानमन्त्रीले उदाहरणस्वरूप प्रस्तुत गरें ।
प्रधानमन्त्रीको पाँच प्रश्न:
- विश्व समुदायले हिमालय बचाउन कसरी सहकार्य गर्न सक्छ?
- विकास साझेदार र जलवायु वित्त संस्थाहरूले तलतिरका जनताको जीवन र जीविकोपार्जन बचाउन कसरी योगदान गर्न सक्छन्?
- अनुसन्धान र प्रविधिले जोखिम न्यूनीकरण र अनुकूलनमा कसरी भूमिका खेल्न सक्छ?
- स्थलरुद्ध देशहरूले स्रोत, क्षमता र प्रविधिको अभाव कसरी पूर्ति गर्न सक्छन्?
- दक्षिण-दक्षिण र त्रिकोणीय सहकार्य कसरी प्रवर्द्धन गर्न सकिन्छ?
Leave a Reply