
ललिपतुर, माघ १४ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आज औपचारिक रूपमा प्राधिकरणको नेतृत्व सम्हाल्नुभएको छ। पद तथा गोपनीयताको शपथ अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गराएको थियो।
मन्त्रिपरिषद्को २०८२ साल माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
पदभार ग्रहण समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशकहरू तथा कर्मचारीहरूले अध्यक्ष पौडेललाई स्वागत गरेका थिए।

Leave a Reply