
अमेरिकाको पश्चिमी भागमा लगातार फैलिएको जङ्गलको आगोले आकाशलाई धुम्मिलो बनाइरहेको छ र मानिसहरूलाई अस्वस्थ वायुमार्गबाट जोगिन घरभित्र बस्न बाध्य बनाएको छ। यद्यपि आँखा देखिनसक्ने अर्को खतरामय तत्व ओजोन हो, जसले फोक्सो लगायत मानव शरीरका संवेदनशील तन्तुलाई पिरोल्छ।
विश्वविद्यालय अफ युटाहका शोधकर्ताहरूले सञ्चालन गरेको नयाँ अध्ययनले जङ्गलको आगोबाट निस्कने धुँवाले दूर-दराजका क्षेत्रमा समेत ओजोनको मात्रा संघीय स्वास्थ्य मापदण्डभन्दा माथि पुर्याउँने देखाउँछ । जहाँ साधारणता मानव स्रोतबाट उत्सर्जित नाइट्रोजन अक्साइड (NOx) जस्ता प्रदूषक न्यून मात्रामा पाइन्छन्।
“सहरको कुनै उत्सर्जन नभएको भए पनि के हामीसँग अझै ओजोन समस्या हुनेछ” प्रमुख लेखक डेरेक मल्लियाले भनिन्, “हामीले सर्भे गर्ने क्रममा थाहा पाएँ कि मानवजन्य नाइट्रोजन अक्साइड उत्सर्जन शून्य गरे पनि आगोहरूले ठुलो मात्रामा ओजोन ग्यास उत्पादन गर्न सक्छन्।”
एटमसफेरिक इन्भायोरोमेन्ट जर्नलमा प्रकाशित यस अनुसन्धानले आकाशतिर गएको धुवाँ पनि पुन: भू–भागमा फक्रिए दोहोरो प्रदूषण सिर्जना गर्ने तथ्य प्रस्ट पारेको छ। अमेरिकामा हरेक वर्ष जङ्गलको आगोको धुवाँले झुण्डै ६ हजार ३ सय भन्दा बढी मानिसको निधन हुने सोधमा उल्लेख छ।
ओजोन सिधैँ वायुमण्डलमा ननिस्केर प्रकाश संश्लेषणमा उत्पन्न हुन्छ। वायुमण्डलमा रहेका अक्सिजन परमाणुहरू प्रकाश–प्रतिक्रियाबाट अन्य प्रदूषकहरू सँग मिल्दा ओजोन बन्छ।
मोडेलिंगका लागि मल्लियाको टिमले दुई उच्च स्तरीय कम्प्युटर मोडेल ‘डब्लुआरएफ-एस फायर र डब्लुआरएफ-केम’ प्रयोग गरी २०२० को अगस्ट १५–२६ बिचको धुवाँको घटना विश्लेषण गरेका थिए ।
सो विश्लेषणबाट क्यालिफोर्नियाको अगस्ट कम्प्लेक्स फायरले १० लाखभन्दा बढी एकड मा आगो फैलिएर १२ अर्ब डलर क्षति भएको थियो। युटाहको ईस्ट फोक आगो ९० हजार एकडमा फैलिएको थियो । ओरेगनको लाइनहेड र बीची क्रीक डढेलोले कुल मिलाएर ४ लाख एकड फैलिएको थियो ।
अध्ययनअनुसार, जङ्गलको आगोको धुँवाले ओजोनको मात्रा औसतमा २१ भाग प्रति अर्ब (पीपीवी) ले वृद्धि गर्छ,“ओजोन लगभग २०–३० प्रतिशतले बढी भइसकेको पाइयो,” मल्लियाले भने ।
अमेरिकाको पश्चिमी भागमा पृष्ठभूमि ओजोन स्तर पहिलेदेखि नै उच्च भाकाले यस अतिरिक्त लोडले इन्भायोरोमेन्ट प्रोटेक्सन एजेन्सी (इपीए)ले तोकेको ७० पीपीवी स्वास्थ्य मापदण्डभन्दा माथि धकेल्ने सम्भावना बढ्छ।
धुवाँले प्रकाश अवरुद्ध गरेर ओजोन बन्ने प्रकृियालाई पनि प्रभावित गर्छ। अध्ययनले देखाए अनुसार आगोको धुँवाभित्र बादलजस्तो आवरण बनेर आँखा पुग्ने प्रकाशलाई घटाउँछ र ओजोनको मात्रा १० पीपीवी सम्म कम हुन सक्छ ।
यो अनुसन्धानले जङ्गलको आगो बढ्दै गएको र ओजोन स्तर अनिश्चित बन्दै गएको मौसम परिवर्तनको सन्दर्भमा वायुमण्डलीय मोडेलहरू अझ परिष्कृत बनाउन आवश्यक रहेको सुझाव दिइएको छ ।
डब्लुआरएफ-एस फायर र डब्लुआरएफ-केम जस्ता हावापानी गुणस्तर पूर्वानुमान गर्न सहयोगी उपकरणहरूले वनमा आगो लाग्ने तथा जनस्वास्थ्य सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् । जसका लागि निरन्तर सुधार र परिमार्जन अनिवार्य हुनेछ।
Leave a Reply