सानिमा जिआइसी इन्स्योरेन्सको नाफामा दोहोरो अंकको वृद्धि, वित्तीय सूचकहरू सुदृढ

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा दोहोरो अंकको नाफा वृद्धि हासिल गरेको छ।

कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, सो अवधिमा कम्पनीले ३५ करोड ३ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.१३ प्रतिशतले बढी हो।

अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ८.९९ प्रतिशतले वृद्धि भई ७८ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो रकम ७२ करोड २५ लाख रुपैयाँ थियो।

अन्य प्रमुख वित्तीय सूचकहरूमा कमिसन आम्दानी ३९ करोड ३५ लाख रुपैयाँ छ भने लगानी तथा कर्जाबाट आम्दानी १७ करोड १ लाख रुपैयाँ छ । कुल आम्दानी भने १ अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपैयाँ भएको छ, जुन २.७१ प्रतिशतले वृद्धि हो ।

कम्पनीको कुल खर्च ९७ करोड ६३ लाख १७ हजार रुपैयाँ देखिएको छ, यो २.०५ प्रतिशतले घटेको उल्लेख छ । खुद दाबी भुक्तानी भने  ३८ करोड ७० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब १५ करोड रुपैयाँ रहेको छ। साथै, विशेष जगेडा कोषमा ७५ करोड ९८ लाख र महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ राखिएको छ।

कम्पनीको प्रति शेयर आम्दानी (इपीएस) १६.३० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५२.१२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×