
काठमाडौं । पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएका वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी (इपीएस) मा पनि उल्लेख्य वृद्धि देखिएको छ।
हाल बैंकहरूको औसत EPS १९.४३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४.२४ रुपैयाँको तुलनामा ५.१९ रुपैयाँले वृद्धि भएको हो। अधिकांश बैंकहरूले EPS सुधार गरेका छन्।
उच्च लाभांश क्षमतासहितको एभरेष्ट बैंकको इपीएस ३७.९९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.५२ रुपैयाँले बढी हो।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको इपीएस ३०.१७ रुपैयाँ रहेको छ, तर अघिल्लो वर्षको तुलनामा ४.५६ रुपैयाँले घटेको छ।
त्यस्तै, चार बैंकको इपीएस १० रुपैयाँभन्दा कम रहेको छ।
अन्य बैंकहरूको इपीएस यसप्रकार छ:
| बैंकको नाम | इपीएस (रुपैयाँ) | 
|---|---|
| कृषि विकास बैंक | २७.६३ | 
| नबिल बैंक | २६.३४ | 
| नेपाल बैंक | २५.६८ | 
| राष्ट्रिय वाणिज्य बैंक | २४.४१ | 
| सिद्धार्थ बैंक | २४.१० | 
| प्रभू बैंक | २३.१२ | 
| प्राइम कमर्सियल बैंक | २०.७४ | 
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | १९.८० | 
| सानिमा बैंक | १८.९३ | 
| एनएमबी बैंक | १७.८७ | 
| माछापुच्छ्रे बैंक | १७.३१ | 
| लक्ष्मी सनराइज बैंक | १६.९१ | 
| नेपाल एसबिआई बैंक | १६.५४ | 
| ग्लोबल आइएमई बैंक | १६.२८ | 


 
       
       
       
       
       
       
       
       
       
      
Leave a Reply