2025-10-04

बीमाङ्कीय मूल्याङ्कन तथा समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न

ललितपुर । नेपाल बीमा प्राधिकरणको आयोजनामा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन, मूल्य निर्धारण तथा समसामयिक बीमा विषयहरूमा केन्द्रित तीनदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेखको विविधता, आईएफआरएस–१७ को कार्यान्वयन तथा एक्चुअरीहरूको नियुक्ति सम्बन्धी विषयमा प्रस्तुति दिएका थिए।

परामर्शदाता बीमाङ्की कोल्लिमार्लाले नेपालमा बीमाको पहुँच बढाउनका लागि बीमालेखमा विविधता ल्याएर विभिन्न उमेर समूहलाई बीमाको दायरामा ल्याउनुपर्ने, नवीनतम् बीमा प्रणालीको विकास गर्नुपर्ने, बीमा क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सहित पूर्वाधारहरूको विकास गर्नुपर्ने र बीमा सचेतना अभिवृद्धिमा जोड दिए ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै परामर्शदाता बीमाङ्की कोल्लिमार्लाले बीमाको पहुँच अभिवृद्धिका लागि नागरिकको आर्थिक अवस्था हेरी सोही अनुसार बीमालेखको निर्माण गर्नुपर्ने, बीमा शिक्षाको विस्तार गर्नुपर्ने र बीमा गर्नेदेखि दाबी भुक्तानीसम्मका सेवाहरू चुस्तदुरूस्त हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको पहिलो दिन परामर्शदाता बीमाङ्की र नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूबीच नियामकीय दृष्टिकोणमा आधारित भएर छलफल भएको थियो ।

यसैगरी, कार्यक्रमको दोस्रो दिन परामर्शदाता बीमाङ्की र बीमकका प्रोडक्ट/भ्यालुएसन डिपार्टमेन्टका प्रमुखहरूबीच बीमकीय दृष्ट्रिकोणले अन्तक्र्रिया भएको थियो ।

कार्यक्रमको अन्तिम दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी र निर्देशक पूजन ढुङ्गेल अधिकारीको उपस्थितिमा प्राधिकरणका परामर्शदाता बीमाङ्की कोल्लिमार्ला र बीमकका प्रमुख कार्यकारी अधिकृतहरूबीच नेपालमा बीमाको पहुँच बढाउने सम्बन्धी विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्कीय मूल्याङ्कन, जोखिममा आधारित पूँजी, सोल्भेन्सी, बीमा बजारका समस्या र अपेक्षा लगायतका विषयमा परामर्शता बीमाङ्कीयबाट राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमा बजारको विकास र पहुँच वृद्धि गर्ने साझा उद्देश्य हासिल गर्न अझै परिस्कृत रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम साउन २८ गतेदेखि ३० गतेसम्म ललितपुरमा सञ्चालन गरिएको थियो।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×