2025-09-30

अध्ययन: बनस्पतिमा आधारित आहारले क्यान्सर र मुटु रोगको जोखिम घटाउँछ

तश्बिर: डिपएआइ

भियना, अष्ट्रिया — युरोपका छ देशका ४ लाखभन्दा बढी पुरुष तथा महिलामा गरिएको एक बृहत् अध्ययनअनुसार बनस्पतिमा आधारित आहारले क्यान्सर, मधुमेह र मुटु सम्बन्धी रोगहरूको संयुक्त जोखिम (मल्टिमोर्बिडिटी) उल्लेखनीय रूपमा घटाउँदछ।

यो अनुसन्धान भियना विश्वविद्यालय, अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आएआरसी) र क्युंग ही विश्वविद्यालय बीचको सहकार्यमा सम्पन्न भएको हो। यस अध्ययन द ल्यानसेट हेल्दी लङजीभिटीमा प्रकाशित गरिएको छ।

शोधकर्ताहरूले इपीआइसी र युके बायोब्यांक नामक दुई ठुला युरोपेली अध्ययनहरूबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरेका थिए। युरोपका ६ देशहरु इटाली, स्पेन, बेलायत, जर्मनी, नेदरल्याण्ड र डेनमार्कबाट सङ्कलित तथ्याङ्कमा आधारित अध्ययन गरिएको थियो। सो अध्ययन अनुसार बनस्पतिमा आधारित खानेकुरा अपनाउने व्यक्तिहरूमा ३२ प्रतिशत कम जोखिम देखिएको छ।

“जनावरजन्य खानेकुरा पूर्ण रूपमा हटाउनु आवश्यक छैन,” अध्ययन नेतृत्वकर्ता रेनाल्डा कोर्डोभा भन्छिन्। “तर बनस्पतिमा आधारित खानेकुरातर्फ सर्ने बित्तिकै स्वास्थ्यमा सकारात्मक असर देखिन्छ।”

अध्ययनले उमेरको आधारमा पनि विश्लेषण गरेको छ। ६० वर्षभन्दा कम र बढी उमेरका दुवै समूहमा बनस्पतिमा आधारित आहारले क्यान्सर र कार्डियोमेटाबोलिक रोगहरूको संयुक्त जोखिम घटाएको देखिएको छ।

स्वस्थ बोटबिरुवा आधारित आहारमा फलफूल, तरकारी, साबुत अन्न, दाल र शाकाहारी ससेज वा बर्गर जस्ता खानेकुराको मात्रा बढी हुने र मासु तथा मासुजन्य उत्पादनहरू कम हुने उल्लेख गरिएको छ।

“हाम्रो अध्ययनले देखाएअुनसार स्वस्थ बोटबिरुवा आधारित आहारले एकै पटक धेरै दीर्घ रोगहरूको जोखिम घटाउन सक्छ,” कोर्डोभाले निष्कर्षमा भनिन्।

अष्ट्रियन पोषण समाजका अध्यक्ष कार्ल-हाइन्ज वाग्नर भन्छन्, “यसले अस्ट्रियाको नयाँ पोषण सिफारिसलाई बलियो बनाउँछ, जसले बोटबिरुवा आधारित खानेकुरालाई प्राथमिकता दिन्छ। साथै, वातावरणीय लाभ पनि छन्—जस्तै हरित गृह ग्यास उत्सर्जन र जमिनको प्रयोगमा कमी।”

शोधकर्ताहरूले सिफारिस गरेका अनुसार सार्वजनिक स्वास्थ्य नीतिहरू र पोषण सम्बन्धी सल्लाहहरूले बोटबिरुवा आधारित खानेकुराको महत्त्वलाई ध्यानमा राख्नुपर्छ, जसले दीर्घ रोगहरूको रोकथाममा सहयोग पुर्‍याउन सक्छ।

यो अध्ययन भियना विश्वविद्यालयका  रेनाल्डा कोर्डोभा र क्युंग ही विश्वविद्यालय, दक्षिण कोरियाका  जिह्ये किमको स‌ंयुक्त नेतृत्वमा सम्पन्न भएको उल्लेखगरेका छन् ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×